arrow

भारतमा कोरोना संक्रमित ह्वात्तै घटे, मृतक पनि घट्ने क्रम जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १८ मंगलबार
corona-india-covid-bed.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । सोमबार २ लाख ५४ हजार ८७९ जनालाई निको भएको छ । आइतबार २ लाख ३७ हजार ५६८ जनालाई निको भएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । 

अहिलेसम्म भारतमा २ करोड ५९ लाख ३९ हजार ५०४ जना संक्रमित कोरोनामुक्त भएका छन् । भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् । सोमबार १ लाख २६ हजार ६४९ जना संक्रमित थपिएका छन् । 

आइतबार १ लाख ५३ हजार ३४७ जना संक्रमित थपिएका थिए । शनिबार १ लाख ६५ हजार १४४ जना संक्रमित थपिएका थिए । भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । 

भारतमा अहिलेसम्म २ करोड ८१ लाख ७३ हजार ६५५ जना संक्रमित पुगेका छन् । सोमबार २ हजार ७८१ जनाको ज्यान गएको छ । मृतक पनि घट्दै गएका छन् । 

आइतबार ३ हजार १२९ जनाको ज्यान गएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो ।  योसँगै भारतमा अहिलेसम्म ३ लाख ३१ हजार ९०९ जनाको ज्यान गइसकेको छ । 

सक्रिय संक्रमित घटेर १८ लाख ९० हजार ९७५ मा पुगेका छन् । 

अहिलेसम्म भारतमा २१ करोड ३१ लाख ५४ हजार १२९ जनाले कोरोनाको खोप लगाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ