arrow

उज्वल थापाको १३औं पुण्य तिथीमा वृक्षारोपण गरिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १८ मंगलबार
ujwal-thapa1623315298.jpg

काठमाडौं । विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनको १३ औं पूण्य तिथी वृक्षारोपण गरिने भएको छ ।

थापाको निधन भएलगत्तै विवेकशील साझा पार्टीको मंगलबार बसेको बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औं दिनको पुण्य तिथिमा वृक्षारोपण गर्ने निर्णय गरेको हो ।

सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले शोक वक्तब्य जारी गर्दै  प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न आह्वान गरेको हो । साथै पार्टीले ‘उज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाउने पनि निर्णय गरेको छ ।

बक्तब्यमा भनिएको छ, ‘नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ।

खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘थापाले अङ्गाल्नु भएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडी बढ्ने छ।’ थापाको मंगलबार ४ः२५ बजे नेपाल मेडिसिटी अस्पतालमा कोरोना भाइरसका कारण निधन भएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ