arrow

विवेकशीलका संस्थापक संयोजक थापाको निधनमा राष्ट्रपति भण्डारीबाट दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १९ बुधबार
ujwal-thapa1623315298.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले युवा राजनीतिकर्मी एवं विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गरेकी छिन् । 
 
राष्ट्रपतिले मंगलबार बेलुका ट्वीट गर्दैै  दिवङ्गत थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना पनि  व्यक्त गरेकी छिन् । 

थापाको मंगलबार अपरान्ह ४ः२५ बजे मेडिसिटी अस्पतालमा निधन भएको हो । कोरोना संक्रमणले थलिएका उनको अत्याधुनिक एक्मो प्रविधिको सहायतामा उपचार भइरहेको थियो । तर फोक्सोमा दीर्घकालीन असर भइसकेकाले उनलाई बचाउन चिकित्सकहरु असफल भएका थिए ।

उनको निधनपछि नेपाली राजनीतिका शीर्ष नेता, कलाकार, बुद्धीजिवी, पत्रकार लगायतले उनले वैकल्पिक र आदर्श राजनीतिको शुरुवात गर्ने अभियन्ता भनेर स्मरण गरेका छन् । 

 ‘नेपाली भन्ने कि बन्ने’ र ‘नेपाल खुल्ला छ’ जस्ता नागरिक जागरण र वैकल्पिक राजनीतिको अभियान थालेका उज्ज्वलप्रति सयौं शुभेच्छुकहरुले समवेदना प्रकट गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ