arrow

चितुवा मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १९ बुधबार
leopard-died.jpg
तस्वीर–फाइल ।

पर्वत । पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ । महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको हो । 

अन्दाजी दुई–तीन वर्षको उमेरको जस्तै  देखिने चितुवा के कारणले मर्यो भन्ने खुलेको छैन । मृत चितुवालाई सव डिभिजन वन कार्यालय लुंखुदेउराली, स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा वन कार्यालयको परिसरमा खाडलमा पुरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ