arrow

विवेकशीलका संस्थापक थापाको निधनप्रति कांग्रेसद्धारा दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १९ बुधबार
ujwal-thapa1623314936.jpg

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको उपचारका क्रममा मंगलबार भएको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । 

एक उदयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल भएका स्वर्गीय थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको कांग्रेसले शोक वक्तव्य जारी गरी जनाएको छ । 

कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ