arrow

सिलिण्डर विष्फोट हुँदा दुई घर ढले, आठको मृत्यु, छ गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १९ बुधबार
cyliders-blast.jpg

काठमाडौं । भारतस्थित उत्तर प्रदेशको गोन्डा जिल्लामा भएको सिलिन्डर विष्फोटमा ठूलो क्षति भएको छ । तिक्री गाउँको वाजिरगन्जमा मंगलबार राति विष्फोट हुँदा दुई घर ढलेको छ । 

ती घरमा पुरिएका १४ जनामध्ये ८ जनाको मृत्यु भएको छ । ६ जना गम्भीर रहेका छन् । सात जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । 

८ मृतकमध्ये २ पुरुष, २ महिला र ४ बालबालिका हुन् । मृत्यु हुनेमा २ वर्षदेखि ३५ वर्षका हुन् । गम्भीर ६ जनालाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि लखनउ ट्रमा सेन्टरमा रिफर गरिएको छ । 

मुख्यमन्त्री योगी आदित्यनाथले घटनामा दुःख जनाउँदै अधिकारीहरुलाई तत्काल पुगेर राहत र बचाउ कार्यमा सक्रिय हुन निर्देशन दिएका छन् । 

उनले उच्चस्तरीय जाँचका लागिसमेत आदेश दिएका छन् । विष्फोटबाट ढलेका दुवै घर जोडिएका थिए । राति स्थानीय समय अनुुसार ११ बजेतिर विष्फोट भएको थियो । 

घाइते मोहम्मद हकीमका अनुसार ११ बजेतिर खाना बनाइरहेका बेलामा नयाँ सिलिन्डर विष्फोट भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ