arrow

सवा वर्षमा पहिलो पटक बेलायतमा कोरोनाबाट मृत्यु ‘शून्य’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १९ बुधबार
corona-england.jpg
तस्वीर–फाइल ।

काठमाडौं । कोरोना भाइरसको महामारीले विश्वलाई आतंकित बनाइरहेका बेलामा पीडित राष्ट्र बेलायतले भने मंगलबार खुशीको स्वास फेर्न पाएको छ । बेलायतमा १५ महिनाको अवधिमा पहिलो पटक मंगलबार कोरोनाबाट एक जनाको पनि ज्यान गएन । 

बेलायतमा मंगलबार ३ हजार १६५ जना संक्रमित थपिँदा एक जनाको पनि ज्यान नगएको हो । बेलायतमा अहिलेसम्म ४४ लाख ९० हजार ४३८ जना संक्रमित भइसकेका छन् । 

अहिलेसम्म बेलायतमा १ लाख २७ हजार ७८२ जनाको ज्यान गइसकेको छ । सन् २०१९ को डिसेम्बर अन्त्यदेखि चीनको वुहानबाट फैलिएको कोरोनाबाट विश्वभरमा अहिलेसम्म १७ करोड १९ लाख ३८ हजार ५८६ जना संक्रमित भएका छन् । 

३५ लाख ७५ हजार ७८२ जनाको ज्यान गइसकेको छ । बेलायत सातौं शीर्ष पीडित राष्ट्र हो । गत वर्षको मार्चदेखि नियमित बेलायतमा दैनिक कोरोनाबाट ज्यान गइरहँदा पहिलो पटक मंगलबार मृत्युविहीन खुशीयाली दिन आएको हो । 

बेलायतमा तेस्रो लहरको खतरा पनि आइरहेको छ । विज्ञहरुका अनुसार बेलायतमा डेल्टा भेरियन्छ (बी.१.६१७.२) पूरै इङल्याण्डभर फैलिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ