arrow

मस्जिदमा अनावश्यक 'लाउड स्पिकर' नबजाउन साउदीले जारी गर्‍यो सर्कुलर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १९ बुधबार
muslium-loud-speaker.jpg

काठमाडौं । गत हप्ता साउदी अरेबियाको प्रशासनले एक सर्कुलर जारी गर्दै मस्जिदमा लाउड स्पिकर (ठुलो ध्वनी दिने उपकरण)को प्रयोगलाई निश्चित गरेको थियो । सर्कुलरमा उल्लेख भए अनुसार साउदीका मस्जिदमा नमाजका लागि बोलाउन र तक्बीरका लागि मात्रै लाउड स्पिकरको प्रयोग गर्न अनुमति दिइएको छ ।

यसका लागि पनि लाउड स्पिकरको क्षमतालाई एक तिहाइ राखेर मात्रै प्रयोग गर्न भनिएको छ । यो आदेशको उल्लङ्घन गरेको खण्डमा कारबाही गर्ने चेतावनी समेत प्रशासनले दिएको छ । यो विषयमा बोल्दै साउदीका इस्लामिक मामिला मन्त्री अब्दुल लतीफ बिन अब्दुलाजीज अल शेखले  अत्यधिक ध्वनिका कारण वरपरका घरहरूमा समस्या हुने भएका कारण यस्तो आदेश दिइएको बताएका छन् ।

अत्यधिक ध्वनिमा मस्जिदहरूमा लाउड स्पिकर बजाउँदा बच्चाहरूको निद्रा समेत बिग्रिने गरेको गुनासो आएपछि यो आदेश दिइएको उनको भनाइ छ । साउदी यो विषयको चर्चा दुई बर्षयतादेखि चलिआएको थियो ।

साउदी सरकारको यो निर्णयलाई अहिले सामाजिक सञ्जालमा स्वागत भइरहेको छ । साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले पछिल्लो समय धार्मिक रीतिहरूमा सुधार गर्दै विभिन्न नीतिहरू अघि सारेका छन् । जसले उनको प्रशंसा बढ्दै गएको छ । यसअघि नै साउदीमा महिलाहरूलाई गाडी चलाउन दिने विषय पनि प्रिन्स सलमानले नै अघि सारेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ