arrow

चीनमा देखिएको दुर्लभ बर्ड फ्लु कति खतरनाक छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १९ बुधबार
bird-flu.jpg

काठमाडौं। चीनमा ४१ बर्षीय व्याक्तिमा बर्ड फ्लुको दर्लभ किसिमको प्रजाति (H10N3-स्ट्रेन) को संक्रमण भएको छ। त्यहाँका स्वास्थ्य अधिकारीहरुले मानिसमा कसरी संक्रमण भयो भन्नेबारे कुनै जानकारी दिएका छैनन्। H10N3 स्ट्रेन एक मानिसबाट अर्काे मानिसमा सहजै सर्न नसक्ने बताइएको छ।

जियांग्सु प्रान्तका ती व्याक्तिमा गत हप्ता संक्रमण भएको पुष्टि भएको थियो। अहिले उनी अस्पतालबाट डिस्चार्ज हुने अवस्थामा रहेको बताइएको छ।

थुप्रै किसिमका बर्ड फ्लु भाइरसहरुबाट पोल्टी फर्ममा काम गर्ने मानिसहरु संक्रमित भएका समाचारहरु बेला बेला आइरहने गर्छन्। ती व्याक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्दा अरुमा संक्रमण पाइएको छैन्।

बेइजिङ स्थित राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले गत अप्रिल २८ मा ती व्याक्ति अस्पताल भर्ना भएको र एक महिनापछि H10N3 स्ट्रेनको संक्रमण भएको पाइएको बताएको छ।

यो स्ट्रेनको संक्रमण विश्वमा यसअघि नपाइएको र यो एक व्याक्तिबाट अर्काेमा सम्भावना नभएको एनएचसीले जनाएको छ। यस्तै एनएचसीले H10N3 स्ट्रेनको संक्रमणले गम्भीर बिरामी नपार्ने पनि बताएको छ।

विश्व स्वास्थ्य संगठनले पनि रोयटर्ससँग कुरा गर्दै अहिले एक व्याक्तिबाट अर्काेमा सर्ने कुनै आधार नदेखिएको जनाएको छ। बर्ड फ्लुका कारण मानिसमा संक्रमण हुने सम्भावना कम हुने गर्छ। यद्यपि सन् २०१६-१७ मा H7N9 स्ट्रेनको बर्डफ्लुले भने ३ सय जनाको ज्यान लिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ