arrow

भारतमा घट्यो संक्रमित सङ्ख्या, दैनिक १.३२ लाख

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १९ बुधबार
recovery-india-corona.jpg

आइएनएन । पछिल्लो २४ घण्टामा भारतमा नयाँ संक्रमित सङ्ख्या १ लाख ३२ हजार दर्ता गरिएको छ। यसले भारतमा नयाँ संक्रमित सङ्ख्यामा निरन्तर कमी आएको देखाएको छ। लगातार ६ दिन देशमा दैनिक २ लाख भन्दा कम नयाँ संक्रमित सङ्ख्या दर्ता गरिएको छ।

स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टामा १ लाख ३२ हजार ७ सय ८८ दैनिक नयाँ संक्रमित सङ्ख्या दर्ता भएका छन्।

उल्लेखनीय रूपमा भारतको सक्रिय केस लोडमा लगातार गिरावट आएको छ। बुधवार सक्रिय केस लोड १७,९३,६४५ मा‌ कायम रह्यो। पछिल्लो २४ घण्टामा १,०१,८७५ गिरावट देखियो भने सक्रिय केसहरू देशको कुल सकारात्मक दरको ६.३४% मा कायम रह्यो।

अर्कोतर्फ, भारतको दैनिक संक्रमण मुक्त सङ्ख्या लगातार २० औँ दिन पनि नयाँ संक्रमित सङ्ख्या भन्दा बढी दर्ता गरियो। पछिल्लो २४ घण्टामा २ लाख ३१ हजार ४ सय ५६ जना संक्रमण मुक्त भए।

पछिल्लो २४ घण्टामा दैनिक नयाँ संक्रमित सङ्ख्या भन्दा संक्रमण मुक्त सङ्ख्या ९८ हजार ६ सय ६८ ले बढी देखिएको छ।

स्वास्थ्य मन्त्रालयले महामारीको सुरु भए देखि २ करोड ६१ लाख ७८ हजार ८५ जना संक्रमण मुक्त भइसकेको उल्लेख गरेको छ। पछिल्लो २४ घण्टामा २ लाख ३१ हजार ४ सय ५६ जना संक्रमण मुक्त भएका छन्। देशको कुल संक्रमण मुक्त हुने दर अब ९२.४८% रहेको छ र बढ्ने क्रम निरन्तर रहेको पनि देखाएको छ।

गत २४ घण्टामा कूल २० लाख १९ हजार ७ सय ७३ परीक्षणहरू गरिएको थियो र भारतले हालसम्म ३५ करोड (३५,००,५७,३३०) भन्दा धेरै परीक्षणहरू गरिसकेको छ।

एकतर्फ परीक्षण दर मा वृद्धि भएको छ भने अर्कोतिर साप्ताहिक सकारात्मक दर घट्दै गएको छ। साप्ताहिक सकारात्मकता दर हाल ८.२१% रहेको छ भने दैनिक सकारात्मकता दर कम भएको छ र आज ६.५७% मा रहेको छ। लगातार ९ दिन यो दर १०% भन्दा कम रहेको छ ‌‌।

हालसम्म देशमा राष्ट्रव्यापी खोप अभियान अन्तर्गत २१.८५ करोड कोभिड १९ खोप खुराक दिइएको छ। बिहान ७ बजेसम्मको अस्थायी रिपोर्ट अनुसार ३० सय ९१ हजार ५ सय ४३ सत्र मार्फत २१ करोड ८५ लाख ४६ हजार ६ सय ६७ खोप खुराक दिइएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ