arrow

भारतमा २१ करोड ८५ लाख बढीले लगाए कोरोना विरुद्धको खोप, संक्रमित घट्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
indai-corona-recover.jpg
तस्वीर– भारतको केरलमा बुधबार विशेष क्याम्प आयोजना गरी अपांगता भएकाहरुलाई खोप लगाइँदै ।

काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्धको एक मात्र विकल्प रहेको खोप भारतले तीव्र रुपमा लगाइरहेको छ । अहिलेसम्म भारतमा २१ करोड ८५ लाख ४६ हजार ६६७ जनाले खोप लगाइसकेका छन् । बुधबार मात्रै एकै दिन २५ लाख २९ जनाले खोप लगाएका छन् । 

त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । बुधबार २ लाख ११ हजार ७५० जनालाई निको भएको छ । मंगलबार २ लाख ३१ हजार २७७ जनालाई निको भएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । 

अहिलेसम्म भारतमा २ करोड ६३ लाख ८२ हजार ८९७ जना संक्रमित कोरोनामुक्त भएका छन् । भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् । बुधबार १ लाख ३३ हजार ९५३ जना संक्रमित थपिएका छन् । 

मंगलबार १ लाख ३३ हजार ४८ जना संक्रमित थपिएका थिए । भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ८३ लाख ६ हजार ८८३  जना संक्रमित पुगेका छन् ।

बुधबार २ हजार ८९७ जनाको ज्यान गएको छ । मंगलबार ३ हजार २०४ जनाको ज्यान गएको थियो । सोमबार २ हजार ७८१ जनाको ज्यान गएको थियो । 

 १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो ।  योसँगै भारतमा अहिलेसम्म ३ लाख ३८ हजार १३ जनाको ज्यान गइसकेको छ । 

सक्रिय संक्रमित घटेर १७ लाखमा झरेका छन् । हाल १७ लाख ८ हजार ७१६ मा पुगेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ