arrow

इजरेलमा विपक्षीहरुको मिलिजुली सरकार, नेतान्याहूको १२ वर्षे कार्यकालमा पूर्णविराम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
israel-new-gov.jpg
तस्वीर–विपक्षी गठबन्धनबाट दुई वर्षका लागि प्रधानमन्त्री बन्दै नाफ्ताली बेन्नेट ।

काठमाडौं । इजरेलमा १२ वर्षदेखि सत्ता सम्हालिरहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यकाल अन्तिम दिनमा पुगेको छ । निरन्तर सत्ता सम्हालेका नेतान्याहूको शासन तत्कालका लागि सकिने निश्चितप्रायः भएको हो । 

विपक्षी पार्टीहरु मिलिजुली सरकार चलाउने सहमतिमा पुगेसँगै नेतान्याहू बाहिरिनी पक्का भएको बीबीसीले लेखेको छ । यश अतिद पार्टीका नेता यायर लेपिडले नयाँ सरकार गठनको लागि विभिन्न ८ दलहरुबीच गठबन्धन बनाउने सहमति जुटेको बताएका छन् । 

यो गठबन्धनसँगै यामिन पार्टीका नेता नाफ्ताली बेन्नेट अबको प्रधानमन्त्री हुने पक्का भएको छ । विपक्षी गठबन्धनले आलोपालो प्रणाली अपनाउने छन् । 

सो सहमतिअनुसार बेन्नेट सन् २०२३ सम्म प्रधानमन्त्री बन्न पाउने छन् । उनी २०२३ को अगष्टसम्म कुर्सीमा रहने छन् । त्यसपछि लेपिड प्रधानमन्त्री बन्नेछन् । 

निर्वाचनमा कसैले पनि बहुमत ल्याउन नसकेपछि र गठबन्धन सरकार बनाउन पनि नसकेपछि इजरेलमा पछिल्लो दुई वर्षमा चार पटक आम निर्वाचन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ