arrow

माधव नेपाल समूह नयाँ पार्टी घोषणाको तरखरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
madhav-nepal.JPG

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेबाट निष्काशित नेता माधवकुमार नेपाल पक्षले छिट्टै नयाँ पार्टी गठन गर्ने तरखर गरेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई प्रयोगमात्र गरेको तर पार्टी एकताका लागि कुनै पहल नै नगरेको निष्कर्ष निकाल्दै माधव नेपाल समूह औपचारिक रुपमै नयाँ पार्टी घोषणाको तरखरमा लागेको एक केन्द्रीय कमिटी सदस्यले बताए । 

उनका अनुसार बिहीबार बिहान ११ बजे समसामयिक विषयमा कुराकानी गरी पार्टी घोषणाका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको बताए । उनका अनुसार बैठक भर्चुअल रुपमा बस्नेछ । 

उनले तीन चार दिन ओलीको गतिविधिलाई पर्खने र त्यसबाट एकताको लागि कुनै पहल नभए नयाँ पार्टी घोषणा हुने बताए । दोस्रो तहका केही नेताहरु पार्टीलाई २०७५ जेठ जेठ २ को स्थितिमा फर्काउन संस्थापन पक्षसँग वार्तामा रहे पनि त्यसबाट कुनै निकास निस्कने सम्भावना नरहेपछि नेपाल पक्ष अब कडा रुपमै प्रस्तुत हुने भएको हो । 

ती केन्द्रीय सदस्यले भने, ‘बालुवाटारमा बसेर सतहमा पुगेको मात्र हो, बालकोट गएपछि भुइँ देखिन्थ्यो । हामी सधैका लागि फुट्न लागेको हैन । फेरि जोडिइहाल्छौं नि ।’

कम्युनिष्ट पार्टी फुटाएर गएकाहरु अहिलेसम्म कोही पनि सफल भएका छैनन् । तर ओलीले आफ्नो मात्र सत्ताको कुर्सी बचाउने नाममा पार्टीमात्र हैन देशलाई नै भड्खालोमा पारेको भन्दै नेपाल पक्ष आक्रोशित छ । 

पटक पटक आफूहरुलाई ओलीको सत्ता टिकाउने दाउका लागि मात्र प्रयोग गरिरहेको भन्दै नेपाल पक्ष विद्रोह गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ