arrow

अफगानिस्तानको लोगार प्रान्तमा भएको आतङ्कवादी हमलाको भर्त्सना

logo
एजेन्सी
प्रकाशित २०७८ जेठ २० बिहिबार
indian-diplomates-un.jpg

न्युयोर्क। संयुक्त राष्ट्रका लागि भारतीय राजदूत टीएस तिरुमूर्तिले सोमबार अफगानिस्तानको लोगार प्रान्तमा भएको आतङ्कवादी हमलाको भर्त्सना गरेका छन्। उक्त आतङ्कवादी आक्रमणमा २१ जना मारिएमा थिए भने एक सयभन्दा बढी घाइते भएका थिए।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले समेत अफगानिस्तानमा लोगर प्रान्तमा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गरेको छ । राष्ट्रसङ्घले विशेष गरी रमजान २०२१ को समयमा भएको आक्रमण र अफगानिस्तानमा बढ्दो हिंसा र सुरक्षा स्थितिका विषयमा पनि गम्भीर चिन्ता व्यक्त गरेको छ । 

सुरक्षा परिषद्को प्रेस विज्ञप्तिमा सुरक्षा परिषद्का सदस्यहरूले अफगानिस्तानको लोगर प्रान्तको पुल ए आलममा भएको आक्रमणलाई क्रूर र कायर हमलाको संज्ञा दिएको छ । 

रमजानको महिनामा भएको उक्त हमलाले कम्तीमा २१ जनाको ज्यान लिएको थियो जसमा हाई स्कूलका विद्यार्थीहरू पनि थिए र एक सयभन्दा बढी सर्वसाधारण घाइते भएका छन् । 

सुरक्षा परिषद्का सदस्यहरूले पीडित परिवार र अफगानिस्तान सरकारप्रति गहिरो संवेदना व्यक्त गर्दै घाइतेहरूलाई छिटो र पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ । 

उनीहरूले निरन्तर हिंसाको विरोध गर्दै अफगानिस्तानको सुरक्षा स्थिति कमजोर भएका कारण नागरिकको ज्यान जाने गरेकोप्रति गहिरो चिन्ता व्यक्त गरे । हिंसा अन्त्य गर्न र नागरिकहरूलाई सुरक्षा दिन निरन्तर प्रयास गर्नुपर्नेमा समेत राष्ट्रसङ्घले जोड दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ