arrow

पाकिस्तान सरकारद्वारा धार्मिक स्वतन्त्रतामाथि अङ्कुश

logo
एजेन्सी
प्रकाशित २०७८ जेठ २० बिहिबार
usa-human-rights.jpg
फाइल तस्बिर

वासिङ्टन डिसी। पाकिस्तानमा धार्मिक स्वतन्त्रताको अवस्था नाजुक बन्दै गएको एक रिपोर्टले जनाएको छ। पाकिस्तानमा सरकारले धार्मिक निन्दा गरेमा कारबाही गर्ने तथा अहमदिया विरुद्धको कानुन लागु गर्दै धार्मिक स्वतन्त्रतामाथि अङ्कुश लगाउँदै आएको छ।

पाकिस्तानमा धार्मिक स्वतन्त्रतामाथि अङ्कुश लगाइएको र यसको अवस्था नाजुक रहेको अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले रिपोर्ट प्रस्तुत गरेको हो। पाकिस्तानमा सरकारले धार्मिक अल्पसङ्ख्यकहरूमाथि हुने हिंसा रोक्न नसकेको र धार्मिक निन्दाको आरोपमा कारबाही गर्ने गरेको रिपोर्टमा उल्लेख छ। 

धार्मिक अल्पसङ्ख्यक अहमदिया समुदायमाथि हुने व्यवहारले पनि पाकिस्तानमा धार्मिक स्वतन्त्रता हनन हुने प्रस्ट पारेको रिपोर्टमा बताइएको छ। मुस्लिम धर्मकै एक अल्पसङ्ख्यक अहमदिया समुदायमाथि बहुसङ्ख्यक सुन्नी समुदाय र सरकार पक्षबाट नै दमन र दुर्व्यवहार हुने गरेको पाइन्छ।

पाकिस्तानमा गत वर्ष सन् २०२० मा पाँच जना अहमदियाहरूको हत्या भएको र एक जना अमेरिकी नागरिकलाई धार्मिक निन्दाको आरोपमा गोली हानी हत्या भएको रिपोर्टमा उल्लेख छ। त्यस्तै, पाकिस्तानमा मुस्लिम धर्म विरुद्ध गतिविधि गरेको आरोपमा धार्मिक निन्दाको अभियोग लगाउने घटना हुने गरेको याहु न्युजले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ