arrow

घनश्याम र योगेशलाई गौतमको सल्लाह, ओलीले पुरानो कमिटी व्यूताए नयाँ दलमा नजानु

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ जेठ २० बिहिबार
bamdev1.jpg
फाइल तस्बिर

काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई पार्टीभित्रै राख्न पुरानै सङ्गठन फर्काउने सन्देश पठाए पनि नेपाल पक्षले पत्याएको छैन। नेपाल पक्षले त्यसलाई ओलीको ललिपप मात्रै भएको जनाउँदै पशुलाई देखाउने हरियो घाँस मात्रै भएको जनाएको छ।

ओलीसँगको संवादको विषय र नयाँ दल गठनको विषयमा भइरहेको प्रगतिबारे छलफल गर्न बिहीबार केन्द्रीय कमिटीको बैठक बोलाएको छ। सो बैठकमा सबै विषयहरूमा छलफल हुने जनाइएको छ। तर ओली समूहले यो बैठक अनधिकृत भएको जनाउँदै त्यस्तो बैठकमा सहभागी नहुन निर्दैशनात्मक विज्ञप्ति जारी गरेको छ। तर पनि नेपाल समूहले केन्द्रीय सदस्यहरूको जुम बैठक बोलाएको छ।

बैठक बस्नुअघि नेपाल समूहका नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईले वामदेव गौतमसँग भेटघाट गरेर अहिलेको परिस्थितिबारे छलफल गरेका छन्। स्रोतका अनुसार भुसाल र भट्टराईले नयाँ दल खोल्दा त्यसको जनसङ्गठन र पार्टी निर्माण सम्भावना निकै कम हुने र एमालेलाई क्षति मात्रै हुने भएकाले पार्टीभित्रै आन्तरिक सङ्घर्षमा रहनुपर्ने विफ्रिङ गरेका थिए।

नेता गौतमले पार्टी विभाजनमा हुनुमा ओली नै बढी जिम्मेवार रहेको बताउँदै ओली सच्चिनै तयार नभएको र धेरै नै दम्भी भएका कारण अहिलेको परिस्थिति सिर्जना भएको बताएका थिए।

उनले ओलीले पुरानै संरचनाको पार्टी फर्काउन तयार भए नयाँ दलमा जानुको अर्थ छैन भन्दै भुसाल र भट्टराईलाई नयाँ दलमा जाँदा पहिलेको मालेको जस्तै अवस्था हुने धारणा राखेको स्रोतको दाबी छ। तर गौतम आफै भने नेपालले नयाँ दल खोले त्यसमा क्रियाशील हुने बताइसकेका छन्। एमालेको आन्तरिक विवाद समाधानका लागि  एमालेका दुवै पक्षका दोस्रो पुस्ताका नेताहरूबिच संवाद चलिरहेका बेला ओलीले आफ्नो समूहलाई ‘फुटाउने र आफू राज’ गर्ने नीतिको रूपमा व्याख्या गर्न थालेको छ।

ओलीले दोस्रो पुस्ताका नेताहरूलाई पार्टीलाई पुरानै संरचना फर्काउने सन्देश प्रवाह गरिरहेका थिए। तर नेता नेपालले त्यसलाई अलमल्याउन फालिएको एजेन्डाको रूपमा व्याख्या गरेको छ। ‘आजको केन्द्रीय कमिटी बैठकमा विषयहरू उठ्ने छन् सबैतिरको संवादको बारेमा जानकारी हुनेछ’, नेपाल निकट एक नेताले भने। उनका अनुसार अब ओलीसँगको संवाद गर्ने चरण सकिएको छ ओलीले झुक्याउन मात्रै खोजेका हुन भन्ने प्रस्ट भएको निष्कर्ष निकाल्न थालिएको छ।

‘जो जो संवादमा रहनु भएको थियो उहाँहरूको निष्कर्ष पनि ओलीले नेपाल पक्षलाई कमजोर पार्ने रणनीति मात्रै हो भन्ने बुझिएपछि संवादको चरण सकिएको हो कि भन्ने लाग्छ’, नेपाल पक्षका एक नेताले भने।

बुधवार एउटा बैठकमा नेपालले ओलीसँग आत्मसमर्पण गर्ने कि सङ्घर्ष गर्ने भन्ने विकल्पमा सङ्घर्षकै विकल्प ठिक भएको निष्कर्ष निकालेका थिए। ओलीलाई सङ्कट परेपछि संवादको नाटक गर्ने गरेको र २०७५ जेठ २ मा सङ्गठन फर्काउँछु भन्न  थालेको नेता नेपालको भनाई थियो। ‘जब ओलीले सङ्कट महसुस गर्छन् त्यसपछि अनेक फण्डा गर्न थाल्छन् उनले पुरानो कमिटी व्यूझाउछु भन्नु पनि त्यही हो साँचो अर्थमा ओलीले पार्टीको विवाद मिलाउन चाहेका छैनन्’, नेता नेपालले बुधवार जन वर्गीय सङ्गठनको  बैठकलाई सम्बोधन गर्दै भनेका थिए।

उनले आफू आन्दोलनबाट पछि नहट्ने समेत बताएका थिए। आइतबारदेखि नेपालले निरन्तर भर्चुअल बैठक मार्फत जन वर्गीय सङ्गठनका नेताहरूसँग सुझाव सङ्कलन गरिरहेका छन्। त्यस क्रममा बुधवार पनि नेपालले करिब तीन सय जना भन्दा बढी नेता कार्यकर्ताहरूको जुम बैठकमा ओलीमा कुनै पनि प्रकारको सुधार नआएको र अहिले संवादको नाममा अलमल्याउने काम मात्रै भएको बताएका छन्।

उनले आन्दोलनको क्रममा धेरै नेताहरूको आउने र जाने क्रम भइरहन्छन् यहाँ यस्तो वा त्यस्तो भनेर आत्तिने काम छैन भन्दै बैठकमा सहभागीहरूलाई नआत्तिन आग्रह गरेका थिए। उनले पार्टी एकताका लागि वैशाख २६ मा अघि सारेको ६ बुँदा मान्ने र प्रतिनिधिसभा विघटन गलत थियो भन्ने कुरा मैले भन्नुपर्दैन साराले भनेका छन् यस्ता गम्भीर विषय स्वीकार गरेको अवस्थामा मात्र ओलीसँग सहकार्य गरेर अघि बढ्न सकिने बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ