arrow

भारत र भियतनामबीच कृषि सहकार्य सुदृढ गर्ने सहमति

logo
एजेन्सी
प्रकाशित २०७८ जेठ २० बिहिबार
india-vietnam.jpg

लेम दो। भारत र भियतनामले कृषि सहकार्य सुदृढ र विस्तृत गर्ने सहमति गरेका छन्। भियतनाममा कृषि उत्पादनमा नेतृत्व गर्ने लेम दोङ प्रान्तसँग भारतले कृषि सहकार्य थप बलियो बनाउने सहमति गरेको हो।

लेम दोङको राजधानी दलाटमा प्रान्तीय समितिका उपप्रमुख फान भान दा र भारतीय कन्सुलेट जनरल मदन मोहन सेठीबीच भएको संयुक्त सम्मेलनमा कृषि सहकार्य सुदृढ गर्ने सहमति गरेका हुन्।

लेम दोङ प्रान्तले गत वर्ष ११ करोड अमेरिकी डलर बराबरको कृषि उत्पादन भारतमा निर्यात गरेको थियो।

भियतनामका लागि भारतीय राजदूत प्रनय बर्माले लेम दोङ प्रान्तको आधा भन्दा धेरै उत्पादन भारतमा निर्यात हुने भन्दै भारतसँग रणनीतिक र विस्तृत कृषि साझेदारी गर्न सक्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ