arrow

मेस्सीको गोलले पनि जितेन अर्जेन्टिना, यस्तो छ विश्वकप छनोटको विश्वभरको परिणाम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
messi-footbal.jpg

काठमाडौं । सन् २०२२ को कतार विश्वकप छनोट फुटबल धमाधम भइरहेको छ । उक्त क्रममा भएको खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

कप्तान लियोनल मेस्सीले गोल गरे पनि टिमले जित्न सकेन । खेलमा शुरुआती अग्रता भने अर्जेन्टिनाले बनाएको थियो । २३ औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाए । 

खेलको ३६ औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै चिलीलाई बराबरीमा ल्याए । त्यसपछि गोल हुन नसक्दा मेस्सीको टिमले महत्वपूर्ण जित निकाल्न सकेन । 

अन्य खेलको नतिजा
बोलिभिया ३–१ भेनेजुएला
उरुग्वे ०–० पाराग्वे
पेरु ०–३ कोलम्बिया 

एएफसी छनोटतर्फ 
नेपाल २–० चाइनिज ताइपेइ
अष्ट्रेलिया ३–० कुवेत
इरान ३–१ हङकङ
बहराइन ८–० कम्बोडिया
प्यालेस्टाइन ४–० सिंगापुर
बंगलादेश १–१ अफगानिस्तान
भारत ०–१ कतार
थाइल्याण्ड २–२ इन्डोनेसिया
युएई ४–० मलेसिया
उत्तर कोरिया र श्रीलंका (स्थगित)

कोन्फाफः होन्डुरस ०–१ अमेरिका 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ