arrow

केजरीवालले दिल्लीमा सुरु गरे तेस्रो चरणको महामारी विरुद्धको तयारी

logo
पिटिआई,
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
arvind-kejriwal.jpg

नयाँ दिल्ली ।  भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाभाइरसको तेस्रो महामारी विरुद्ध तयारी सुरु गरेका छन् ।  उनले सरोकारवालाहरुसँग यसअघि झै शुक्रबार पनि छलफल गर्न लागेको अधिकारीहरुले जनाएका छन् । 

तेस्रो चरणको महामारीका बेलामा हुन सक्ने सम्भावित क्षति र त्यसको न्यूनीकरण तथा नियन्त्रणका लागि गर्न सकिने उपायहरुका बारेमा उनले परामर्श लिन लागेका हुन् । 

दिल्ली सरकारले तेस्रो महामारी विरुद्ध लड्नका लागि तयारी गर्न गत मे २७ मा १३ सदस्यीय एउटा समिति समेत गठन गरेको छ ।  उनीहरुले पनि विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरेर सरकारलाई सुझाव दिने उनले जानकारी दिए ।
 
स्वास्थ्य सेवाका लागि आवश्यक भौतिक संरचना, अक्सिजन प्लान्ट, औषधीको पर्याप्ततालगायतका विषयमा ध्यान दिनु पर्नेमा अधिकांशको सुझाव रहेको पाइएको छ ।  मुख्यमन्त्री केजरीवालले अर्को ८ सदस्यीय विज्ञ टोली पनि बनाएका छन् । त्यसले तेस्रो चरणको महामारी व्यवस्थापनमा सुझाव सल्लाह दिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ