arrow

मोस्ट वान्टेड चोकसीलाई भारतले हर सम्भव फिर्ता ल्याउने

logo
आइएनएन,
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
choksi-india.jpg

आइएनएन । भारतमा लाखौँ डलरको बैङ्क घोटाला गरेर मोस्ट वान्टेड बनेका मेहुल चोकसीलाई भारत सरकारले जसरी पनि फिर्ता ल्याउने बताएको छ ।  भारतले न्याय सङ्गत सजाय दिन फरार अपराधीलाई जसरी पनि देश फिर्ता ल्याउने प्रस्ट पारेको हो।

डोमिनिकन पुलिसको हिरासतमा रहेका भगौडा मेहुल चोकसीबारे प्रश्नको उत्तर दिँदै बिहीबार विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, “म जोड दिन चाहन्छु कि भारत भगौडाहरुलाई फिर्ता ल्याउन हर सम्भव प्रयास गरिरहेको छ। अपराधी ले न्यायको सामना अवश्य गर्नुपर्ने छ।"

“मेहुल चोकसीको विशिष्ट केसको कुरा गर्ने हो भने उनी डोमिनिकन अधिकारीहरूको कब्जामा छन् र उनी माथि केही कानुनी कारबाही चलिरहेको छ। उनलाई भारत फिर्ता ल्याउन सकियोस् भनेर हर सम्भव प्रयास गरिरहेका छौँ।" विदेश मन्त्रालय का प्रवक्ता ले जवाफ दिए।

उनले भने, “यस मुद्दाका विभिन्न भाग सम्बन्धी सोधिएका प्रश्नहरूको विभिन्न विवरणका लागि मैले तपाईँलाई गृह मन्त्रालयमा पठाउनुपर्ने हुन्छ,” उनले थपे।

चोकसी प्रत्यर्पण सम्बन्धी मुद्दाको सुनुवाइका लागि भारतको आठ सदस्यीय टोली शुक्रवार साँझ नयाँ दिल्लीबाट निजी जेटमा प्रस्थान गरेको थियो। सो टोली शनिवार दिउँसो डोमिनिकामा अवतरण गरेको थियो।

यसको पुष्टि गर्दै एन्टिगुवा र बार्बुडाका प्रधानमन्त्री ग्यास्टन ब्राउनले भनेका थिए कि भारतमा लाखौँ डलरको बैङ्क घोटालामा संलग्न चोकसी सँग सम्बन्धित केही कागजातहरू लिएर डोमिनिकामा एउटा निजी जेट अवतरण भएको छ।

एन्टिगुवा र बार्बुडाका प्रधानमन्त्रीका अनुसार, भारतीय अधिकारीहरू बुधवार (२ जून) मा भएको अदालतको सुनुवाइका लागि पुगेका थिए। किनकि डोमिनिका अदालतले उनको निर्वासनमा रोक लगाएको थियो।

चोकसी १३ हजार ५०० करोड पन्जाब नेश्नल बैङ्क (पीएनबी)  मामिलाका‌ लागि भारतका सीबीआई र प्रवर्तन निर्देशनालय द्वारा फरार अपराधीको रूपमा वान्टेड छन्। उनी मे २३ देखि टापु देशबाट हराइरहेका थिए। उनको लागि ठुलो स्तरमा खोजी अभियान चलाइएको थियो। उनलाई मे २६ मा डोमिनिका मा पक्राउ गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ