arrow

भारतमा एकैदिन ३० लाख बढीलाई कोरोना विरुद्धको खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २२ शनिबार
india-recovery-corona.jpg
तस्वीर–कोलकाताको क्वेष्ट मलमा सवारी साधनमै कोरोनाको खोप लगाइदिँदै, वेष्ट बंगालले दैनिक तीन लाखलाई खोप लगाइरहेको छ ।

काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्धको एक मात्र विकल्प रहेको खोप भारतले तीव्र रुपमा लगाइरहेको छ । अहिलेसम्म भारतमा २२ करोड ४१ लाख ९ हजार ४४८ जनाले खोप लगाएका छन् ।

शुक्रबार एकैदिन ३० लाख ६५ हजार ७५५ जनाले खोप लगाएका छन् । बिहीबार २४ लाख ९७ हजार २६ जनालाई खोप लगाइएको थियो । बुधबार मात्रै एकै दिन २५ लाख २९ जनाले खोप लगाएका थिए ।  

खोप लगाएकामध्ये कुल जनसंख्याको ३.४ प्रतिशतले दुवै डोज लगाए भने १३.४ प्रतिशतले कम्तीमा एक डोज लगाएका छन् । 
 
त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । शुक्रबार १ लाख ९७ हजार ३७१ जनालाई निको भएको छ । बिहीबार २ लाख ५ हजार ७७१ जनालाई निको भएको थियो ।

बुधबार २ लाख ११ हजार ७५० जनालाई निको भएको थियो । मंगलबार २ लाख ३१ हजार २७७ जनालाई निको भएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । 

अहिलेसम्म भारतमा २ करोड ६७ लाख ८७ हजार १३० जना संक्रमित कोरोनामुक्त भएका छन् । भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् । शुक्रबार १ लाख २० हजार ३३२ जना संक्रमित थपिएका छन् । बिहीबार १ लाख ३१ हजार २८० जना संक्रमित थपिएका थिए । बुधबार १ लाख ३३ हजार ९५३ जना संक्रमित थपिएका थिए । 


भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ८८ लाख ९३ हजार ८३५ जना संक्रमित पुगेका छन् ।

शुक्रबार ३ हजार ३७० जनाको ज्यान गएको छ । बिहीबार २ हजार ७०५ जनाको ज्यान गएको थियो । बुधबार २ हजार ८९७ जनाको ज्यान गएको थियो । 

१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो ।  योसँगै भारतमा अहिलेसम्म ३ लाख ४४ हजार १०१ जनाको ज्यान गइसकेको छ । 

सक्रिय संक्रमित घटेर १५ लाखमा झरेका छन् । हाल १५ लाख ५१ हजार १०४ जना सक्रिय संक्रमित रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ