arrow

भारतमा अझै पनि दैनिक सवा लाख व्यक्ति सङ्क्रमित

दिल्लीमा कोभिड सङ्क्रमण दर ०.६८ प्रतिशत, लकडाउन खुकुलो पारिँदै

logo
रासस-एएनआई-पीटीआई
प्रकाशित २०७८ जेठ २२ शनिबार
corona-india-test5.jpg

नयाँ दिल्ली।  भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरूको सङ्ख्या घट्दै गइरहे पनि एक लाखभन्दा बढी नै रहेको पाइएको हो । 

सरकारी अधिकारीहरूले शनिवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख २० हजार ५ सय २९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो दिन शुक्रवारको भन्दा ११ हजार ८ सय ३५ जना कम भएको तथ्याङ्कमा देखिएको छ । 

भारतमा शुक्रवार एक लाख ३२ हजार ३६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक भएको थियो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म दुई करोड ८६ लाख ९४ हजार ८ सय ७९ जना सङ्क्रमित भएका छन् ।  

अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने १५ लाख ५५ हजार २ सय ४८ रहेको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसका कारण तीन हजार ३ सय ८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कुल मृतकको सङ्ख्या तीन लाख ४४ हजार ८२ पुगेको छ । 

कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि गत २४ घण्टामा एक लाख ९७ हजार ४९४ जना सङ्क्रमणमुक्त भएका छन् । 

अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरूको कुल सङ्ख्या भने दुई करोड ६७ लाख ९५ लाख ५४९ पुगेको अधिकारीहरूले जनाएका छन् ।  कुल सङ्क्रमितमध्ये ९३ प्रतिशत सङ्क्रमणमुक्त भएको पाइएको छ । 

दिल्लीमा कोभिड सङ्क्रमण दर ०.६८ प्रतिशत, लकडाउन खुकुलो पारिँदै

दिल्लीमा पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ । दिल्ली शहरमा शुक्रवार ५२३ व्यक्ति सङ्क्रमित भएका र ५० सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक कोभिड–१९ सङ्क्रमण दरमा गिरावट आएपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गर्ने उहाँ निकट अधिकारीहरूले शनिवार बताएका छन् ।

यसै सन्दर्भमा केजरीवालले शनिवार एक पत्रकार सम्मेलन गर्ने बताइएको छ । सम्मेलनमा आगामी दिनमा कोभिड–१९ सङ्क्रमणका कारण बन्द बजारलाई केही खुकुलो पार्ने र कोरोनाभाइरसको तेस्रो लहरलाई सामना गर्नका लागि आवश्यक तयारीबारे पनि सरकारी संयन्त्र तथा नागरिकलाई निर्देशन दिनुहुने बताइएको छ । 

अधिकारीका अनुसार सरकारले जून ७ देखि बजार र अन्य गतिविधिहरूलाई सञ्चालनका लागि अनुमति दिन सक्दछ किनकि कोभिड–१९ को अवस्थामा बिस्तारै सुधार हुँदै गएको देखिएको छ ।

सरकारले गत हप्ता उत्पादन तथा निर्माण क्षेत्रको प्रतिबन्धलाई अन्त्य गर्दै स्वास्थ्य सावधानीका साथ नियमित काममा फर्कन अनुमति दिएको थियो । दिल्लीमा दोस्रो लहरको सङ्क्रमण अत्यधिक बढेको भन्दै सरकारले यसै वर्षको अप्रिल १९ देखि लकडाउन आदेश जारी गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ