arrow

चुरेको दोहन र वातावरण विनाशविरुद्ध शान्ति समाजले सत्याग्रह गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २३ आइतबार
hurpes.jpg.jpeg

काठमाडौं । चुरेको दोहन र वातावरण विनाशविरुद्ध मानव अधिकार तथा शान्ति समाजले सत्याग्रह गर्ने भएको छ । समाजले शनिबार वृक्षरोपण कार्यक्रममा बोल्दै शान्ति समाजका सभापति गोविन्द खनालले सरकारको चुरे ध्वस्त गर्ने नीतिविरुद्ध सत्याग्रह गर्ने चेतावनी दिएका हुन् । उनले निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । 

समाजले विश्व वातावरण दिवसको अवसर पारेर समाजले ६ जिल्लामा वृक्षारोपण गरेको छ । शनिबार बिहान शान्ति समाजले रुपन्देहीको बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) बुटवलको परिसरमा आँप, रुद्राक्ष, अमला, वेल, धुपिसल्लो, कल्पिफुल लगाएत १ सय भन्दा बढी संख्यामा वृक्षारोपण गरियो ।  

कार्यक्रममा बोल्दै शान्ति समाजका सभापति खनालले मानव अधिकार तथा शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल व्यालेन्स) मा जोड दिँदै हिमालय बचाउ आन्दोलन सञ्चालन गरिरहेको उल्लेख गर्दै हालै सरकारद्वारा चुरे ध्वस्त गर्ने गरी ढुंगा गिटी निकासीको निर्णय नसच्याए शान्ति समाजले सत्याग्रह आन्दोलन प्रारम्भ गर्ने बताए । 

वातावरण विनाश गर्ने सरकारको यो नीतिले गंगा उत्तरको मैदानी इलाका मरुभूमिकरण हुने खतरा रहेकोतर्फ ध्यानाकर्षण गराउँदै सभापति खनालले सरकारको यो आत्मघाती कदमलाई वातावरण प्रतिगमनको संज्ञा दिए । 

वृक्षारोपण कार्यक्रममा केन्द्रीय सचिव मिना ढकाल, केन्द्रीय सदस्य विष्णु भुषाल, आम्दा अस्पताल मेसु डा. राजेन्द्र बश्याल, पत्रकार महासंघ प्रदेश महासचिव बिक्रम खड्कासहितको सहभागिता थियो । 

यसैगरी शनिबार बिहान काठमाडौं गोठाटार खुर्सानीबारीस्थित असहाय गाईबाच्छा संरक्षण स्थलको डाँडामा शान्ति समाजद्वारा आयोजित वृक्षारोपण कार्यक्रममा समाजका सल्लाहकार उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराल, गोकर्णेश्वर नगरपालिकाका मेयर, उपमेयरसहित जनप्रतिनिधिहरु र अधिकारकर्मीहरुद्वारा काइयो, ज्याकारान्डा, कपुर, पारिजात र पिपल लगायतका ५० वटा विरुवा रोपियो ।

त्यस्तै शान्ति समाज दाङ शाखाको आयोजनामा तुलसीपुरस्थित केशवराज झुपाकुकमरी वृद्धाश्रमको प्राङ्गणमा शान्ति समाजका वरिष्ठ उपसभापति शुशील बस्नेत, सचिव निर्मल नेपाली, शाखा सभापति तुलसीराम सुनारसहित १० जनाले वृक्षारोपण गरे । 

शान्ति समाज पर्सा शाखाद्वारा जेठ २२ गते विरगञ्जस्थित त्रिजुद्ध मा.वि प्रांगणमा सम्पन्न वृक्षारोपण कार्यक्रममा शाखा सभापति प्रेम पटेल, उपसभापति जिनुमाया मानन्धरसहित १० जना अधिकारकर्मीहरुले वृक्षारोपण गरेका थिए । 

कपिलवस्तु शाखाद्वारा श्री सिद्धार्थ माध्यमिक विद्यालय बुन्ची कपिलवस्तुको प्राङ्गणमा आयोजित वृक्षारोपणमा शाखा सभापति गोविन्द पोख्रेल, सचिव माधव घिमिरे सहित अधिकारकर्मीले ५ प्रजातिको १२ वटा वृक्षारोपण गरेका थिए । 

विश्व वातावरण दिवसकै अवसरमा शान्ति समाज चितवन शाखाद्वारा प्रकृतिको संरक्षण गरौं रूख रोपौं भन्ने नारा सहित नव जागृत वन उपभोक्ता समुहको वनमा चितवन शाखा सभापति शम्भु राउतसहित अधिकारकर्मीहरु पुर्ण चन्द्र चापागाईं, रबिन खतिवडा, रितु न्यौपाने, सुप्रिया सापकोटाले वृक्षारोपण गरेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ