arrow

अफगानिस्तान शान्ति प्रक्रियामा तालिबानको बेवास्ता

logo
एजेन्सी
प्रकाशित २०७८ जेठ २३ आइतबार
afgan.png.png
फाइल तस्बिर

काबुल। अफगानिस्तानमा इस्लामिक लडाकु तालिबान समूह शान्ति प्रक्रियामा आउन नचाहेको त्यहाँको सरकारले बताएको छ। शान्ति प्रक्रियाका लागि अफगान सरकार तयार रहे पनि तालिवान त्यसको पक्षमा तत्पर नदेखिएको शान्ति राज्यमन्त्री सैयद सादत मन्सुर नदेरीले बताए।

अफगानिस्तानको शान्ति स्थापनाका लागि टर्कीको इस्तानबुलमा हुने सम्मेलन तालिबान समूहले स्थगित गरेपछि राज्यमन्त्री नदेरीले यस्तो टिप्पणी गरेका हुन्। अफगानिस्तानमा शान्ति स्थापनाका लागि राष्ट्रसङ्घ, टर्की र कतारले संयुक्त रूपमा इस्तानबुलमा उच्चस्तरीय सम्मेलनको तयारी गरेको हो।

शान्ति स्थापनाबारे गत वर्ष सेप्टेम्बरमा कतारको दोहामा सुरु भएको वार्तालाई गति दिन अफगान सरकार पक्ष र तालिबानको उपस्थितिमा इस्तानबुलमा उच्च स्तरीय सम्मेलनको तयारी गरिएको टर्की विदेश मन्त्रालयले जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ आतङ्ककारी हमलाको २० वर्ष पुरा हुनु अघि नै अफगानिस्तानबाट आफ्नो सेना फर्काउने बताएका छन्। फगानि राष्ट्रपति असरफ घानीले अमेरिकाको यो निर्णयलाई अफगानिस्तानले सम्मान गर्ने बताएको डेलीहन्टले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ