arrow

कोरोना भाइरसः भारतमा संक्रमित र मृतक घटे, २३ करोड १३ लाखलाई खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २४ सोमबार
corona-india-covid-bed.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्धको एक मात्र विकल्प रहेको खोप भारतले तीव्र रुपमा लगाइरहेको छ । अहिलेसम्म भारतमा २३ करोड, १३ लाख २२ हजार ४१७ जनाले खोप लगाएका छन् । आइतबार ३४ लाख ६२ हजार १०० ले खोप लगाएका थिए । शनिबार ३७ लाख ५० हजार ८६९ जनाले खोप लगाए । 

शुक्रबार एकैदिन ३० लाख ६५ हजार ७५५ जनाले खोप लगाएका थिए । बिहीबार २४ लाख ९७ हजार २६ जनालाई खोप लगाइएको थियो । खोप लगाएकामध्ये कुल जनसंख्याको ३.५ प्रतिशतले दुवै डोज लगाए भने १३.९ प्रतिशतले कम्तीमा एक डोज लगाएका छन् । 
 
त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । आइतबार १ लाख ७३ हजार ८३१ जनालाई निको भएको छ । शनिबार १ लाख ८९ हजार ८९ जनालाई निको भएको थियो । शुक्रबार १ लाख ९७ हजार ३७१ जनालाई निको भएको थियो । बिहीबार २ लाख ५ हजार ७७१ जनालाई निको भएको थियो ।

१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । अहिलेसम्म भारतमा २ करोड ७१ लाख ५० हजार ७२७ जना संक्रमित कोरोनामुक्त भएका छन् । 

भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् । आइतबार १ लाख १ हजार १५९ जना संक्रमित थपिएका छन् । शनिबार १ लाख १४ हजार ४१५ जना संक्रमित थपिएका थिए । शुक्रबार १ लाख २० हजार ३३२ जना संक्रमित थपिएका थिए । बिहीबार १ लाख ३१ हजार २८० जना संक्रमित थपिएका थिए । 

भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ८९ लाख ९ हजार ६०४ जना संक्रमित पुगेका छन् ।

आइतबार २ हजार ४४४ जनाको ज्यान गएको छ । शनिबार २ हजार ६८१ जनाको ज्यान गएको थियो । शुक्रबार ३ हजार ३७० जनाको ज्यान गएको थियो । बिहीबार २ हजार ७०५ जनाको ज्यान गएको थियो । बुधबार २ हजार ८९७ जनाको ज्यान गएको थियो । 

१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो ।  योसँगै भारतमा अहिलेसम्म ३ लाख ४९ हजार २२९ जनाको ज्यान गइसकेको छ । 

सक्रिय संक्रमित घटेर १३ लाखमा झरेका छन् । हाल १३ लाख ९८ हजार ६४ जना सक्रिय संक्रमित रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ