arrow

पाकिस्तानमा प्रतिबन्धित इस्लामिक दल विरुद्ध आतङ्कवादका सयौँ मुद्दा

logo
एजेन्सी
प्रकाशित २०७८ जेठ २४ सोमबार
tlp-pakistan-saad-hussain.jpg
फाइल तस्बिर

इस्लामाबाद। पाकिस्तानमा प्रतिबन्धित दक्षिणपन्थी इस्लामिक दल तेहरिक लब्बाइक पार्टी (टीएलपी) विरुद्ध सयौँ आतङ्कवादी मुद्दा लागेको छ। प्रतिबन्धित दल टिएलपी विरुद्ध दुई सय दश वटा आतङ्कवादी गतिविधिको मुद्दा लागेको आन्तरिक मामिला मन्त्री शेख रासिदले बताए। थुनामा रहेका छ सय ६८ टीएलपी नेता तथा कार्यकर्तामाथि आतङ्कवादी गतिविधि गरेको दुई सय भन्दा बढी मुद्दा लागेको बताइएको छ।

पाकिस्तान प्यानल कोड को दफा ३०२ र प्रति आतङ्कवाद ऐनको दफा ७ अन्तर्गत टीएलपीका प्रमुख साद रिज्भीमाथि आतङ्कवादी मुद्दा लागेको मन्त्री रासिदले बताए। पछिल्लो समय दक्षिण पन्जाब र फैसलावादबाट केही टीएलपी बन्दी कार्यकर्ताहरू रिहाइ गरिएको पनि उनले बताए।

प्रतिबन्धित दलका कार्यकर्ताहरू रिहाइ गर्ने सरकारको सहमति विरुद्ध आलोचना भइरहेको बेला मन्त्री रासिदले टीएलपीमाथि प्रतिबन्ध कायमै रहेको बताए। 

पाकिस्तान सरकारले प्रतिबन्धित इस्लामिक दलका कार्यकर्ताहरू रिहा गर्ने र फ्रान्सेली राजदूत फिर्ता गर्ने मागलाई सहमति जनाएको छ। सरकारले अनावश्यक सहमति गरेको र यसले थप समस्या निम्त्याउने विज्ञहरूले विश्लेषण गरेको समाचार संस्था डनले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ