arrow

भारतमा कोरोना संक्रमित थपिने क्रम लाखबाट तल, मृतक पनि घटे 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २५ मंगलबार
corona-india-test5.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्धको एक मात्र विकल्प रहेको खोप भारतले तीव्र रुपमा लगाइरहेको छ । अहिलेसम्म भारतमा २३ करोड २७ लाख ८६ हजार ४८२ जनाले खोप लगाएका छन् । सोमबार १४ लाख ६४ हजार ६५ जनाले खोप लगाएका छन् । आइतबार ३४ लाख ६२ हजार १०० ले खोप लगाएका थिए । शनिबार ३७ लाख ५० हजार ८६९ जनाले खोप लगाए । 

खोप लगाएकामध्ये कुल जनसंख्याको ३।५ प्रतिशतले दुवै डोज लगाए भने १४ प्रतिशतले कम्तीमा एक डोज लगाएका छन् । 
 
त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । सोमबार १ लाख ८५ हजार ७४७ जनालाई निको भएको छ । आइतबार १ लाख ७३ हजार ८३१ जनालाई निको भएको थियो । शनिबार १ लाख ८९ हजार ८९ जनालाई निको भएको थियो । शुक्रबार १ लाख ९७ हजार ३७१ जनालाई निको भएको थियो । बिहीबार २ लाख ५ हजार ७७१ जनालाई निको भएको थियो ।

१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । अहिलेसम्म भारतमा २ करोड ७३ लाख ३६ हजार ७९९ जना संक्रमित कोरोनामुक्त भएका छन् । 
 
भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् । लामो समयपछि पहिलो पटक लाख भन्दा कम संक्रमित थपिएका हुन् । सोमबार ८७ हजार २९५ जनामात्र संक्रमित थपिएका छन् । आइतबार १ लाख १ हजार १५९ जना संक्रमित थपिएका थिए । शनिबार १ लाख १४ हजार ४१५ जना संक्रमित थपिएका थिए ।  

भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ८९ लाख ९६ हजार ९४९ जना संक्रमित पुगेका छन् ।

मृतक पनि घट्दै गएका छन् । सोमबार २ हजार ११५ जनाको ज्यान गएको छ । आइतबार २ हजार ४४४ जनाको ज्यान गएको थियो । शनिबार २ हजार ६८१ जनाको ज्यान गएको थियो । 

१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो ।  योसँगै भारतमा अहिलेसम्म ३ लाख ४९ हजार २२९ जनाको ज्यान गइसकेको छ । 

सक्रिय संक्रमित घटेर १२ लाखमा झरेका छन् । हाल १२ लाख ९७ हजार २५४ जना सक्रिय संक्रमित रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ