arrow

विश्वकप छनोट फुटबलमा यस्तो छ संसारभरको नतिजा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २५ मंगलबार
australia-football.jpg

काठमाडौं । सन् २०२२ को कतार विश्वकप फुटबलका लागि विश्वभर छनोट खेलहरु भइरहेका छन् । पछिल्ला खेलमा एसियातर्फको छनोटको समूह बी को खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित हुँदा अष्ट्रेलियाले चाइनिज ताइपेईलाई ५–१ ले हराएको छ । 

त्यस्तै समूह सी को खेलमा ईराकले कम्बोडियालाई ४–१ ले तथा ईरानले बहराइनलाई ३–० गोल अन्तरले हरायो । 

समूह डी को खेलमा उज्वेकिस्तानले सिंगापुरलाई ५–० गोल अन्तरले हरायो । समूह ई को खेलमा बंगलादेश भारतसँग २–० गोल अन्तरले पराजित भयो । भारतलाई जित दिलाउन दुवै गोल सुनील क्षेत्रीले गरे । 

त्यस्तै विश्वकपको आयोजक कतारले ओमानलाई १–० गोल अन्तरले हरायो । समूह एफको खेलमा मंगोलियाले कीर्गिस्तानलाई १–० गोल अन्तरले तथा जापानले ताजिकिस्तानलाई ४–१ गोल अन्तरले हरायो । 

समूह जी को खेलमा युएईले थाइल्याण्डलाई ३–१ गोल अन्तरले र भियतनामले इन्डोनेसियालाई ४–० गोल अन्तरले हरायो । 

समूह एचको दक्षिण कोरिया र उत्तर कोरियाबीचको खेल भने स्थगित भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ