arrow

फ्रान्सका राष्ट्रपति म्याक्रोनको गालामा थप्पड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २५ मंगलबार
macron-french.jpg

काठमाडौं । दक्षिण पूर्वी फ्रान्सको भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको गालामा एक युवकले थप्पड हानेका छन् ।

भ्यालेन्स शहरको भ्रमणमा रहेका बेला राष्ट्रपति म्याक्रोनको गालमा ती युवकले थप्पड हानेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

के कारणले थप्पड हाने भन्ने स्पष्ट नभएको र अहिले दुई जनालाई नियन्त्रणमा लिइएको फ्रान्सेली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

थप्पड हान्ने बित्तिकै राष्ट्रपति म्याक्रोलाई अधिकारीहरुले तानेर लगेका थिए । थप्पड हान्ने बेला ती युवकले म्याक्रोनिज्म बन्द गर भन्ने किसिमको अभिव्यक्ती दिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ