arrow

भारतमा दोस्रो दिन कोरोना संक्रमित लाख भन्दा तल, २३ करोड ६२ लाखलाई खोप 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २६ बुधबार
doctor-india-corona-vaccine.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्धको एक मात्र विकल्प रहेको खोप भारतले तीव्र रुपमा लगाइरहेको छ । अहिलेसम्म भारतमा २३ करोड ६१ लाख ९८ हजार ७२६ जनाले खोप लगाएका छन् । मंगलबार ३४ लाख १२ हजार २ सय ४४ जनाले खोप लगाएका छन् । 

सोमबार १४ लाख ६४ हजार ६५ जनाले खोप लगाएका छन् । आइतबार ३४ लाख ६२ हजार १०० ले खोप लगाएका थिए । शनिबार ३७ लाख ५० हजार ८६९ जनाले खोप लगाए । 

खोप लगाएकामध्ये कुल जनसंख्याको ३.५ प्रतिशतले दुवै डोज लगाए भने १४.२ प्रतिशतले कम्तीमा एक डोज लगाएका छन् । 
 
त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । मंगलबार १ लाख ६२ हजार २८० जनालाई निको भएको छ । सोमबार १ लाख ८५ हजार ७४७ जनालाई निको भएको छ । आइतबार १ लाख ७३ हजार ८३१ जनालाई निको भएको थियो । 

१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । अहिलेसम्म भारतमा २ करोड ७४ लाख ९६ हजार १९८ जना संक्रमित कोरोनामुक्त भएका छन् । 
 
भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् । दुई महिनाभन्दा बढी समयपछि लगातार दोस्रो पटक लाख भन्दा कम संक्रमित थपिएका हुन् । मंगलबार ९२ हजार ७१९ जना संक्रमित थपिएका छन् । सोमबार ८७ हजार २९५ जनामात्र संक्रमित थपिएका थिए । 

आइतबार १ लाख १ हजार १५९ जना संक्रमित थपिएका थिए । शनिबार १ लाख १४ हजार ४१५ जना संक्रमित थपिएका थिए ।  

भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ९० लाख ८८ हजार १७६ जना संक्रमित पुगेका छन् ।

मृतक पनि घट्दै गएका छन् । मंगलबार २ हजार २२२ जनाको ज्यान गएको छ । सोमबार २ हजार ११५ जनाको ज्यान गएको थियो । आइतबार २ हजार ४४४ जनाको ज्यान गएको थियो । शनिबार २ हजार ६८१ जनाको ज्यान गएको थियो । 

१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो ।  योसँगै भारतमा अहिलेसम्म ३ लाख ५३ हजार ५५७ जनाको ज्यान गइसकेको छ । 

सक्रिय संक्रमित घटेर १२ लाखमा झरेका छन् । हाल १२ लाख २६ हजार ८५० जना सक्रिय संक्रमित रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ