arrow

बस र टेम्पो ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु, ३० बढी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २६ बुधबार
kanpur-accident-bus-auto.jpg

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कानपुरमा मंगलबार मध्यराततिर भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । कानपुरको किसान नगरको हाइवेमा एसी बस र टेम्पो ठोक्किएका हुन् । 

जय अम्बे ट्राभल्सको कानपुरबाट गुजरातको सुरत जाँदै गरेको स्लिपर बस र टेम्पो ठोक्किँदा कम्तीमा ३० जना घाइते भएका छन् । तीमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

दुर्घटनाका समयमा ती गम्भीर घाइतेहरुलाई अस्पतालमा पुर्याउन एम्बुलेन्स कम भएकोले निकै कठिनाई भएको भारतीय संचारमाध्यमहरुले लेखेका छन् । 

उक्त क्रममा उद्धार टिम र पुलिसले लोडरमार्फत कयौं घाइतोलई अस्पताल पुर्याएको थियो । हाइवेमा डीसीएमका चालकले बसलाई ओभरटेक गरिरहँदा टेम्पो दुवैको बीचमा फसेको थियो । 

मृतक सबै टेम्पोमा सवार रहेका थिए । त्यसमा करीव १८–१९ जना थिए । उनीहरु सबै बिस्कुट कारखानामा काम गर्दथे । नाइट सिफ्टका लागि काम गर्न जाने क्रममा यो दुर्घटना भएको थियो । 

बसमा भने करीव ११५ जना सवार रहेका थिए । 

दुर्घटनामा मृत्यु हुनेका परिवारलाई प्रदेश सरकारले जनही दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मृतकका परिवारलाई जनही दुई लाख रुपैयाँ दिने र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । 

घटनाप्रति गृहमन्त्री अमित शाहले पनि दुःख व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ