arrow

जेफ बेजोस, एलन मस्कलगायतका अमेरिकी धनाड्यहरु कर तिर्दैनन्- लिक रिपोर्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २६ बुधबार
bezos-musk-buffett-split-exlarge-169.jpg

काठमाडौं । अमेरिकी धनाड्यहरुले आम्दानीको तुलनामा लगभग शुन्य बराबर कर तिर्ने गरेको दाबी गरेको 'लिक भएको' एक रिपोर्टले सार्वजनिक गरेकाे छ ।

साे रिपार्टका आधारमा खोजमुलक वेबसाइट प्रो-पब्लिकाले जेफ बेजोस, वारेन बफेट र एलन मस्कलगायतका २५ धनाड्यहरुले लगभग शुन्य प्रतिशत बराबरको कर तिर्ने गरेको बताएको हो ।

प्रोपब्लिका वेबसाइटले जेफ बेजोसले सन् २००७ र सन् २०११ मा कुनै कर नतिरेको दाबी गरेको छ । त्यस्तै एलन मस्कलेसमेत सन् २०१८ मा कर नतिरको आरोप लगाएको छ ।

लिक भएको यो रिपोर्टका बिषयमा ह्वाइटहाउले अवैधानिक भएको र एफबीआई र कर अधिकारीहरुले अनुसन्धान गरिरहेको बताएको बीबीसीले जनाएको छ ।

प्रोपब्ल्किाले वारेन बफेटले सन् २०१४ देखि सन् २०१८ सम्म करिब २४ अर्ब अमेरिकी डलर आम्दानी गरेको तर करिब २ करोड अमेरिकी डलर मात्रै कर तिरको उल्लेख गरेको छ । कुल आयको औषत करिब १५ प्रतिशत कर तिर्नुपर्नेमा ४ बर्षमा बफेटले ०.१० प्रतिशत कर मात्रै तिरेको प्रोपब्लिकामा उल्लेख छ ।

यस्तै जेफ बेजोसले ४ बर्षमा ९९ अर्ब आम्दानी गरेको र करिब ९७ करोड (०.९८ प्रतिशत) मात्रै कर तिरको वेबसाइटमा उल्लेख छ ।
एलन मस्कले ४ बर्षमा १३ अर्ब आम्दानी गरेको र करिब ४५ करोड (३.२७ प्रतिशत) मात्रै कर तिरको वेबसाइटमा उल्लेख छ ।

कर विवरण सार्वजनिक भएका २५ जनामध्ये एक एवं न्युर्योकका पूर्व मेयर माइकल ब्लुमवर्गले यसले चिन्ता सिर्जना गरेको र लिक गर्ने स्रोत फेला पार्न कानुनी बाटो अपनाउने बताएका छन् ।

चार बर्षकाे कर विवरण:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ