- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक मानिने एवं विपक्षी दलका नेता एलेक्सी नाभाल्नीसँग आबद्ध सङ्घ-संस्थाहरुलाई कट्टरपन्थी भन्दै त्यहाँको अदालतले खारेज गरेको छ। अब, नाभाल्नीको राजनीतिक नेटवर्क र उनको पक्षमा काम गर्ने एवं कार्यालय सम्हाल्नेहरूलाई कार्यालयमा पद धारण गरे जेल सजाय हुने सक्ने भएको छ।
यद्यपि, सामाजिक सञ्जालमा लेख्दै नाभाल्नीले आफू पछि नहट्ने बताएका छन्। यस्तै उनले आफ्ना सहयोगीहरूलाई अर्का बाटोबाट काम गर्नुपर्ने भनेका छन्।
नाभाल्नीलाई अहिले कोषको दुरुपयोग गरेको आरोपमा जेल हालिएको छ। तर, उनले यो राजनीतिक षडयन्त्र भएको बताउँदै आएका छन्। अन्य पश्चिमा राष्ट्रहरूले समेत नाभाल्नीका रिहाइको माग गरिरहेका छन्।
आउँदो सेप्टेम्बरमा रुसी संसदीय चुनाव हुँदै छ। पछिल्लो सर्वेक्षणहरूले सत्तारुढ पार्टीले समर्थन गुमाएको देखिएको छ। नाभाल्नीका सहयोगीहरूले निर्वाचनमा उठ्ने तयारी गरिरहेका छन्।
बुधवार मस्को अदालतले फैसला गर्दै नाभाल्नीका क्षेत्रीय कार्यालयहरू र उनको भ्रष्टाचार निरोधक फाउन्डेसन (एफबीके)लाई तत्काल खारेज गर्न निर्देशन दिएको हो। यी संस्थाहरूले सरकारविरुद्ध झुटा सूचना फैलाउनुका साथै सरकार विरोधी भड्काको सिर्जना गरेको अदालतको भनाइ छ।
यद्यपि, नाभाल्नीको समर्थनमा र उनको रिहाइको माग गर्दै रुसका लाखौँ युवाहरू सङ्घर्षरत छन्। उनले रुसी सरकारी अधिकारीहरूले गर्ने भ्रष्टाचारको पर्दाफास गर्दै आएका छन्।