arrow

वर्षाले चार तल्ले भवन भत्कियो, ११ को मृत्यु, सात घाइते, १५ को उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २७ बिहिबार
mumbai-building-crash.jpg

काठमाडौं । भारतको मुम्बईस्थित मालवानी इलाकामा भारी वर्षापछि चार तल्ले भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार राति ११ः१० बजे उक्त भवन भत्किँदा ११ जनाको मृत्यु भएको हो । 

पुरिएका १८ जनालाई निकालिएकामा ११ को मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । घाइतेहरुको बीडीबीएस नगर जनरल अस्पतालमा उपचार भइरहेको छ । 

मृतक एकै परिवारका ९ जना हुन् । एउटा भवन छेवैको अर्को भवनमा गएर ढलेको थियो । घटनाका समयमा उक्त भवनमा तीन परिवार रहेका थिए । जसमा केही बालबालिका पनि थिए । 

घना बस्तीको बीचमा भवन रहेका कारण पनि उद्धारमा समस्या भएको थियो । भत्केको भवनको भग्नावशेषबाट १५ महिलालाई उद्धार गरिएको छ । अरु पनि पुरिएको हुनसक्ने आशंकामा उद्धार कार्य जारी राखिएको छ ।

मुम्बईमा बुधबार दिनभर वर्षा भएको थियो । बिहीबार पनि भारी वर्षा हुने जनाइएको छ । मौसम विज्ञान विभागले बिहीबार वर्षाको रातो बत्ती बालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ