arrow

बाइडेन आठ दिने युरोप भ्रमणमा, रुसलाई खरो चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २७ बिहिबार
biden uk.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन आठ दिने युरोप भ्रमणमा निश्किएका छन् । बुधबार बेलायत पुगेका राष्ट्रपति बाइडेनले 'हानिकारक गतिविधिमा संलग्न भए अर्थपुर्ण परिणाम भोग्ने' भन्दै रुसलाई चेतावनी दिएका छन् ।

भ्रमणका क्रममा ट्रम्प प्रशासनमा तनावपूर्ण रहेका अमेरिकी सहयोगीहरुसँगको सम्बन्ध सुदृढ पार्ने उनले बताएका छन् । बाइडेनले इङल्याण्डका प्रधानमन्त्री बोरिस जोन्सनलाई भेट्ने छन् ।

बाइडेन र जोन्सनले भेटका क्रममा सन् १९४१ तत्कालीन इङल्याण्ड प्रधानमन्त्री ईन्स्टन चर्चिल र अमेरिकी राष्ट्रपति फ्रेन्कलिन रुजवेल्ट बीच भएको 'एटलान्टिक चार्टर'को नयाँ 'भर्जन'मा सहमति गर्ने भएका छन् ।

आठ दिने भ्रमणका क्रममा बाइडेनले विन्डसर महलमा बेलायतकी महारानीलाई भेट्ने छन् । त्यस्तै उनी जी७ को सम्मेलनमा पनि सहभागी हुनेछन् । भ्रमणको अन्त्यमा राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि जेनेभामा भेटवार्ता गर्ने बताइएको छ ।

पुटिनसँगको भेटका क्रममा बाइडेनले हतियार नियन्त्रण, जलवायु परिवर्तन, युक्रेनमा रुसी सैन्यको संलग्नता, साइबर आक्रमण र एलेक्सी नाभाल्नीलाई जेल हालिएलगायतका बिषयमा वार्ता गर्ने बताइएको छ ।

बाइडेनले रुससँग अमेरिकाले स्थिर सम्बनध चाहेको तर रुसले गलत गतिविधिमा संलग्न भएमा त्यस्तै परिणाम भोग्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ