arrow

पाकिस्तानी गृहमन्त्री इरानको सिमानामा बार लगाउने पक्षमा

logo
एजेन्सी
प्रकाशित २०७८ जेठ २७ बिहिबार
pakistan-fence-Iran-border.jpg
फाइल तस्बिर

इस्लामाबाद। गृहमन्त्री शेख रशीदले आतङ्कवाद र घुसपैठका घटना रोक्न पाकिस्तान सरकारले इरानको सिमानामा पनि बार लगाउने बताएका छन्।

गृहमन्त्री रशीदले वाजिस्तान भ्रमणको दुई दिनअघि शुक्रवार एक भिडियो सन्देश जारी गर्दै सरकारले इरानको सिमानामा बार लगाउने बताएका हुन्। उनले पश्चिमी सिमानामा तारबार लगाउने काम यही वर्षको अन्त्यसम्ममा सम्पन्न हुने बताएका छन्।

गृहमन्त्री रशीदले इस्लामावादमा आतंकवादको घटना बढ्दै गएको बताए। केही दिनअघि वाजिरस्तानमा भएको एक आक्रमणमा दुई प्रहरी अधिकारी घाइते भएका थिए। गृहमन्त्री रशीदले आफ्नो कार्यकालमा वाजिरस्तानमा मात्रै भएका आतंकवादी आक्रमणमा परि नौ जनाको मृत्यु भएको बताए।

आफ्नो भिडियो सन्देश जारी गरेपछि गृहमन्त्री रशीद वाजिरस्तान भ्रमणमा गएका छन्। उनले स्काउट ट्रेनिंग एकेडेमी, मीर अलीको पासिंग आउट परेडमा भाग लिएका थिए। गृहमन्त्रीले मीरन शाहमा राहदानी कार्यालयको उद्घाटन पनि गरेका छन्। उनले फ्रन्टियर कोर्प्स र नागरिक प्रशासनका पदाधिकारीहरुसँग छलफल गरेका छन्।

वाजिरस्तानमा पछिल्लो समय विभिन्‍न आक्रमणहरु हुने गरेको भए पनि आक्रमणमा सहभागी भएकाहरुलाई भने कुनै कारबाही हुन सकेन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ