arrow

चिनियाँ ठगी : एपबाट आम्दानी हुने भन्दै ५ लाख मानिसबाट डेढ अर्ब संकलन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २७ बिहिबार
mobile.jpg

काठमााडौं । चीन आधारित एक कम्पनीले अनलाइन एपबाट पैंसा कमाउन सकिने भन्दै ठूलो ठगी गरेको घटना दिल्ली प्रहरीले सार्वजनिक गरेको छ । यसमा संलग्न दुई चार्टर्ड अकाउन्टेन्ट, एक तिब्बतीय महिलासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मल्टिलेभल मार्केटिङको नाममा करिब ५ लाख भारतीयहरुबाट पैंसा संकलन अथवा असुली गरेर एपका माध्यमबाट उनहिरको संवेदनशिल तथ्यांक चोरी गरेको पाइएको छ ।

प्रहरी आयुक्त एस एन श्रीनिवास्तवले यो एपका माध्यमबाट करिब डेढ अर्ब भारतीय रुपैयाँ संकलन गरिएको बताएका छन् ।

संकलित रकममध्ये ११ करोड एक बैंकमा रोक्का गरिएको र ९७ लाख एक चार्टर्ड अकाउन्टेन्टबाट समातिएको बताइएको छ ।

यस्ता एपले ३ सय रुपैयाँदेखि लाखौं रुपैयाँसम्म सुरुमा तिर्न लगाउने र सोही अनुसार दैनिक या घण्टाका हिसाबले २४ देखि ३५ दिनमा खातामा दोब्बर पैंसा आउने भनेर गठी गर्ने गरेको पाइएको हो ।

पावर बैंक, ईजेडक्वैन, सन फेक्ट्रीलगायतका यस्ता एपबाट ठगी भइरहेको बताइएको छ । यसरी पैंसा हालेका मध्ये केहिले मात्रै पैंसा फिर्ता पाउने गरेकाे बताइएकाे छ ।

 सुरुमा पैंसा हालेर पछि दोब्बर पैंसा आउने भन्दै नेपालमा पनि यस्ता एप एवं वेबसाइटहरु चलिरहेका छन् । यसबाट सजग रहन जरुरी देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ