arrow

पाकिस्तानमा बेपत्ता छानबिनको माग गर्दै सिया समुदायको प्रदर्शन

logo
एजेन्सी
प्रकाशित २०७८ जेठ २७ बिहिबार
pakistan-siya-muslim.jpg
तस्बिर : डन

कराँची। पाकिस्तानमा बेपत्ता छानबिनको माग गर्दै प्रदर्शन भएको छ। बेपत्ता छानबिनको माग गर्दै परिवार र आफन्तजनले कराँचीमा सिन्ध प्रान्त गभर्नरको निवास अगाडी प्रदर्शन गरेका छन्। बेपत्ताहरूको परिवारलाई सिन्ध गभर्नर इमरान इस्मेलले भेट्न अस्वीकार गरेपछि पीडित पक्षले प्रदर्शन गरेका हुन्।

सिया बेपत्ता संयुक्त कार्य समितिका नेताहरू तथा पीडित पक्ष गभर्नरलाई ज्ञापन पत्र बुझाउन जाँदा गभर्नर इस्मेलले भेट गर्न अस्वीकार गरेका थिए। पाकिस्तानमा बेपत्ता हुने अधिकांश अल्पसङ्ख्यक सिया समुदायका रहेका छन्।

प्रदर्शनकारीहरूले राष्ट्रपति, प्रधानमन्त्री, सेनापति लगायतका तस्बिर सहित प्रदर्शन गरेका थिए। सरकार समक्ष पटक पटक बेपत्ता छानबिनको माग गरे पनि सरकारले बेवास्ता गर्ने गरेको परिवारजनले गुनासो गरेको समाचार संस्था डनले लेखेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ