arrow

पाकिस्तानमा प्रतिबन्धित दलले प्रदर्शन चर्काएपछि सरकारले गर्‍यो सम्झौता, पन्जाब प्रहरी असन्तुष्ट

logo
एजेन्सी
प्रकाशित २०७८ जेठ २७ बिहिबार
tlp-pakistan-saad-hussain.jpg
फाइल तस्बिर

इस्लामाबाद। पाकिस्तानमा सरकार र प्रतिबन्धित दक्षिणपन्थी इस्लामिक दल तेहरिक ए लब्बाइक (टीएलपी) बीच सम्झौताले थप अन्योल सिर्जना गरेको छ। पाकिस्तानमा प्रतिबन्धित दल टीएलपी र प्रहरीबीच एक साता लामो झडप पछि सरकारले सम्झौता गरेको हो। विभिन्न अभियोगमा थुनामा रहेका कार्यकर्ताहरू रिहाइ तथा फ्रान्सेली राजदूत हटाउन माग गर्दै टीएलपी हिंसात्मक प्रदर्शनमा उत्रिएको थियो।

टीएलपी कार्यकर्ताहरूसँग झडपमा चार जना प्रहरीको ज्यान गएको छ भने सयौँ प्रहरी घाइते भएका छन्। सरकारले फ्रान्सेली राजदूत हटाउने प्रस्ताव संसद्मा लैजाने साथै बन्दी कार्यकर्ताहरू रिहा गर्ने सहमति गरेपछि टीएलपीले प्रदर्शन रोकेको हो।

टीएलपी नेता डा. शाफीक अमिनीले सरकारले सहमति लागु गरेसम्म शान्त रहन आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन्। तर, प्रदर्शनकारी विरुद्ध कारबाहीमा खटिएका पन्जाब प्रहरी भने सरकारको यो कदमप्रति असन्तुष्ट रहेको छ।

टीएलपीसँग सम्झौता गर्नु सरकारको अपरिपक्व र अनावश्यक कदम रहेको पन्जाब प्रहरीले टिप्पणी गरेको छ। टीएलपीसँगको सहमति कार्यान्वयन गर्न सजिलो नरहेको भन्दै बन्दी कार्यकर्ताहरू रिहाइ पछि कारबाहीमा खटिएका प्रहरी विरुद्ध ठुलो खतरा सिर्जना हुने पन्जाब प्रहरीले आशङ्का व्यक्त गरेको छ पाकिस्तानी मिडिया द नेसनले लेखेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ