arrow

'विश्वभरि खोप वितरण जे जसरी भइरहेको छ, त्यो ठिक भइरहेको छैन'

logo
एएनआई,
प्रकाशित २०७८ जेठ २७ बिहिबार
coronavirus-vaccine.jpg

ब्युनस आर्यस । कोरोनाभाइरस विरुद्धको खोप वितरणको अवस्थामा परिवर्तन गर्न अर्जेन्टीनाले माग गरेको छ ।  अर्जेन्टीनाका राष्ट्रपति अल्बेर्टो फेर्नान्डेजले विश्वभरी खोप वितरणको अवस्था सन्तुलित र न्यायोचित नभएको टिप्पणी समेत गरे ।  

“खोपको असमान वितरण भइरहेको बारेमा अन्तर्राष्ट्रिय समुदायको ध्यान जानु आवश्यक छ, अहिले जे जसरी भइरहेको छ, त्यो ठिक भइरहेको छैन,” उनले भने ।  

कुल उत्पादित खोप मध्ये ९० प्रतिशत खोप उत्पादक देशहरुमा मात्रै प्रयोग हुनु र बाकी १० प्रतिशत मात्रै अन्य देशहरुलाई वितरण गर्नुले नै असमानता प्रष्टै देखिएको उनको भनाई छ । 

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको ब्युनस आर्यसको औपचारिक भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले असमानताका विरुद्धमा सवैले आवाज उठाउनु पर्नेमा जोड दिए । 

खोप उत्पादनको अनुपात र सङ्क्रमितहरुको सङ्ख्याका बीचमा सन्तुलन ल्याउने प्रतिवद्धता गर्न पनि अर्जेन्टीनाका राष्ट्रपति फेर्नान्डेजले आह्वान गरे ।

दुवै देशका नेताले कोरोनाभाइरस विरुद्धको खोप सवै देशहरुलाई सन्तुलित तरिकाले उपलब्ध गराउन उदारता देखाउन पनि खोप उत्पादक देशहरुलाई आग्रह गरे । 

“कोरोनाभाइरस विरुद्धको खोप विश्वव्यापी सार्वजनिक सामान हो, त्यसको प्रयोग सवैले आ आफ्नो क्षमता र आवश्यकता अनुसार गर्न पाउनुपर्छ,” स्पेनका प्रधानमन्त्री सान्चेजले पत्रकार सम्मेलनमा भने । 

विभिन्न अन्तर्राष्ट्रिय निकायहरुका अनुसार अर्जेन्टीनामा अहिलेसम्म ८३ हजार २७२ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।  

त्यसैगरी स्पेनमा अहिलेसम्म कुल ८० हजार ३३२ जना को मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ