arrow

भारतमा कोरोनाका सक्रिय संक्रमित ११ लाखमा झरे, २४ करोड २७ लाखलाई खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
corona-vaccine-inida-women.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्धको एक मात्र विकल्प रहेको खोप भारतले तीव्र रुपमा लगाइरहेको छ । अहिलेसम्म भारतमा २४ करोड २७ लाख २६ हजार ६९३ जनाले खोप लगाएका छन् । खोप लगाएकामध्ये कुल जनसंख्याको ३.५ प्रतिशतले दुवै डोज लगाए भने १४.७ प्रतिशतले कम्तीमा एक डोज लगाएका छन् । 
 
त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । बिहीबार १ लाख ३३ हजार ५९८ जनालाई निको भएको छ । बुधबार १ लाख ४८ हजार ९५१ जनालाई निको भएको थियो । मंगलबार १ लाख ६२ हजार २८० जनालाई निको भएको थियो । सोमबार १ लाख ८५ हजार ७४७ जनालाई निको भएको छ । आइतबार १ लाख ७३ हजार ८३१ जनालाई निको भएको थियो । 

१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । अहिलेसम्म भारतमा २ करोड ७७ लाख ७८ हजार ८९४ जना संक्रमित कोरोनामुक्त भएका छन् । 
 
भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् । दुई महिनाभन्दा बढी समयपछि लगातार चौथो दिन लाख भन्दा कम संक्रमित थपिएका हुन् । बिहीबार ९१ हजार २११ जना संक्रमित थपिएका छन् । बुधबार ९३ हजार ८२८ जना संक्रमित थपिएका थिए । मंगलबार ९२ हजार ७१९ जना संक्रमित थपिएका छन् । सोमबार ८७ हजार २९५ जनामात्र संक्रमित थपिएका थिए । 

भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ९२ लाख ७३ हजार ३३८ जना संक्रमित पुगेका छन् ।

सक्रिय संक्रमित घटेर ११ लाखमा झरेका छन् । हाल ११ लाख १९ हजार ९२८ जना सक्रिय संक्रमित रहेका छन् । 

भारतमा कोरोना भाइरसबाट बिहीबार ३ हजार ४०१ जनाको ज्यान गएको छ । जुन ९ तारिख (बुधबार) एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ६ हजार १३८ जनाको ज्यान गएको थियो । 

बिहार सरकारले मृतक लुकाएको आरोप लागेपछि भएको छानबिनमा एकैपटक त्यतिधेरै संख्यामा मृतक थपिएको हो । यो तथ्यांक कुनै पनि देशको एकैदिनको सबैभन्दा बढी हो । गत १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो । 

योसँगै भारतमा अहिलेसम्म ३ लाख ६३ हजार ९७ जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ