arrow

श्रीलङ्कामा संक्रमणबाट दैनिक मृत्यु दर उच्च

logo
सिन्ह्वा,
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
corona-srilanka.jpg

कोलोम्बो । श्रीलङ्कामा पनि कोरोनाबाट ज्यान गुमाउने व्यक्तिको दैनिक संख्या बढ्न थालेको छ ।गत २४ घण्टामा श्रीलङ्कामा कोरोना संक्रमणबाट १०१ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको कूल संख्या २ हजार ११ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । 

यसै अवधीमा यहाँ २६ सय भन्दा बढी थप व्यक्तिमा कोरोना संक्रमण भएको छ । श्रीलङ्कामा कोरोना शुरु भएदेखि हालसम्म  २ लाख १६ हजार १३४ जना व्यक्ति संक्रमति भइसकेका छन् । श्रीलङ्कामा ३१ हजार ९८६ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य मन्त्रालयले आज जानकारी दिएको छ । 
 
श्रीलङ्कामा पनि कोभिड–१९ को तेस्रो भेरिएन्ट शुरु भएको बताइएको छ । हाल यहाँ राष्ट्रव्यापी  रुपमा यात्रा प्रतिबन्ध गरिएको छ  । यो प्रतिबन्ध आगामी जुन १४ बाट खुल्ला गरिने अनुमान गरिएको छ । यहाँ गत दुई महिनायता १ लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका  पनि सरकारी स्रोतले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ