arrow

अष्ट्रेलिया विरुद्ध नेपालको ‘गोर्खाली’ प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २९ शनिबार
nepal-world-cup-qualifying.jpg

काठमाडौं । सन् २०२२ को विश्वकप तथा सन् २०२३ को एसिया कप छनोट फुटबलको दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले गोर्खाली प्रदर्शन गरेको छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपाल एसियाली पावरहाउस अष्ट्रेलियासँग ३–० गोल अन्तरले पराजित भएको छ ।

यसअघि पहिलो खेलमा अष्ट्रेलियासँग उसकै मैदानमा ५–० गोल अन्तरले पराजित भएको नेपालले शुक्रबार रातिको खेलमा भने सशक्त खेल खेलेको हो । 

अष्ट्रेलियालाई जित दिलाउन म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले एक एक गोल गरे ।  २–० ले पछि परेको नेपाल खेलको ४५ औं मिनेटमा १० खेलाडीमा समेटियो । डिफेन्डर रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए  ।

मार्टिनलाई फल गरेपछि ओमानी रेफ्री अहमेदले रोहितलाई रातो कार्ड देखाएका थिए । त्यसपछि नेपालले एक गोलमात्र खायो । 

जितपछि अष्ट्रेलियाले विश्वकप छनोटको तेस्रो चरण र एसिया कपमा स्थान बनाएको छ  । नेपाल ८ खेलमा ६ अंकसहित चौंथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ । नेपालको छनोटको यात्रासमेत टुगिएको छ । 

 नेपालको प्ले अफबाट तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ । सबै समूहका पुछारका टोली र चौथो स्थानमा रहने कमजोर चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् । 

नेपालको गोर्खाली प्रदर्शन
अष्ट्रेलियासँग कम अन्तरले हारेसँगै नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रतिक्रिया दिँदै बहादुर गोर्खालीसँग जोडे । उनले खेलाडीको प्रशंसा गरे । उनले वीर गोर्खालीले जस्तै खेलाडीले प्रदर्शन गरेको दाबी गरे । 

उनले भनेका छन्, ‘हामीले गोर्खाली जस्तै खेल्यौं । १० खेलाडीमा सीमित बने पनि केही फरक परेन । खेलाडीले हर सेकेन्ड मेहेनत गरेर खेले ।’ 

मुख्य प्रशिक्षक अलमुताइरीले अष्ट्रेलियाविरुद्ध युवा खेलाडी आयुष घलान, कमल थापा र सुरज जिउ ठकुरीलाई राष्ट्रिय टिमबाट डेब्यु गराएका थिए ।

नेपालले समूहका खेलमा चाइनिज ताइपेईलाई दुवै खेलमा हराउन सफल भयो भने अष्ट्रेलियासहित जोर्डन र कुवेतसँग पराजित भयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ