- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्धको एक मात्र विकल्प रहेको खोप भारतले तीव्र रुपमा लगाइरहेको छ । अहिलेसम्म भारतमा २४ करोड ६० लाख ८५ हजार ६४९ जनाले खोप लगाएका छन् । खोप लगाएकामध्ये कुल जनसंख्याको ३.६ प्रतिशतले दुवै डोज लगाए भने १४.९ प्रतिशतले कम्तीमा एक डोज लगाएका छन् ।
त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । शुक्रबार १ लाख २१ हजार ६६ जनालाई निको भएको छ । बिहीबार १ लाख ३३ हजार ५९८ जनालाई निको भएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । अहिलेसम्म भारतमा २ करोड ७९ लाख १ हजार ६८८ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् । दुई महिनाभन्दा बढी समयपछि लगातार पाँचौं दिन लाख भन्दा कम संक्रमित थपिएका हुन् । शुक्रबार ८४ हजार ६१ जना संक्रमित थपिएका छन् । बिहीबार ९१ हजार २११ जना संक्रमित थपिएका थिए । बुधबार ९३ हजार ८२८ जना संक्रमित थपिएका थिए । मंगलबार ९२ हजार ७१९ जना संक्रमित थपिएका छन् । सोमबार ८७ हजार २९५ जनामात्र संक्रमित थपिएका थिए ।
भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ९३ लाख ५८ हजार ३३ जना संक्रमित पुगेका छन् ।
सक्रिय संक्रमित घटेर १० लाखमा झरेका छन् । हाल १० लाख ७७ हजार ७९० जना सक्रिय संक्रमित रहेका छन् ।
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने घटेको छैन । शुक्रबार ३ हजार ९८७ जनाको ज्यान गएको छ । बिहीबार ३ हजार ४०१ जनाको ज्यान गएको थियो । जुन ९ तारिख एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ६ हजार १३८ जनाको ज्यान गएको थियो ।
बिहार सरकारले मृतक लुकाएको आरोप लागेपछि भएको छानबिनमा एकैपटक त्यतिधेरै संख्यामा मृतक थपिएको हो । यो तथ्यांक कुनै पनि देशको एकैदिनको सबैभन्दा बढी हो । गत १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो ।
योसँगै भारतमा अहिलेसम्म ३ लाख ६७ हजार ९७ जनाको ज्यान गइसकेको छ ।