arrow

तलब वृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित

logo
एएनआई,
प्रकाशित २०७८ जेठ २९ शनिबार
Pakistan-Flag.jpg.jpeg
फाइल तस्बिर

इस्लामावाद। पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब वृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन्। सरकारले नयाँ आर्थिक वर्षमा १० प्रतिशत मात्रै तलब वृद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब वृद्धि थोरै भएको भन्दै आन्दोलित भएका हुन्। उनीहरूले शुक्रवार बृहत् प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब वृद्धि हुनुपर्ने मागसमेत गरेको समाचारमा जनाइएको छ।

गत तीन वर्षदेखि कर्मचारीहरूको तलब वृद्धि नभएकाले यस वर्ष धेरै वृद्धि हुनुपर्ने उनीहरूको भनाइ रहेको छ। आन्दोलनकारीले करारका कर्मचारीहरूलाई स्थायी गर्नुपर्ने माग पनि राखेको गेयो न्युजले समाचार सम्प्रेषण गरेको छ।

प्रदर्शनकारीहरूले अर्थमन्त्रीसमेतलाई लक्षित गर्दै राष्ट्रिय संसद् भवन अगाडि प्रदर्शन गरेका थिए। दश प्रतिशत मात्रै तलब वृद्धि गर्ने निर्णय संशोधन गर्न पनि उनीहरूले माग गरेका छन्।

“सरकारले कम्तीमा २५ प्रतिशत तलब वृद्धि भएको घोषणा गरोस्, हैन भने हामी जुनको अन्त्यसँगै कडा आन्दोलन घोषणा गर्न बाध्य हुनेछौँ,” एक कर्मचारी नेताले भने।

कर्मचारीहरूको आन्दोलनप्रति पाकिस्तान पिपल्स पार्टी (पिपिपि)का अध्यक्ष बिलावाल भुट्टो जर्दारीले ऐक्यबद्धता जनाएका छन्। कर्मचारीले आयोजना गरेको विरोध कार्यक्रममा समेत उहाँ शुक्रवार बेलुका सहभागी भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ