arrow

नेटो राष्ट्रका ८० प्रतिशतभन्दा बढी नागरिक नेटो गठबन्धनका पक्षमा

logo
सिन्ह्वा,
प्रकाशित २०७८ जेठ २९ शनिबार
NATO-country.png

ब्रसेल्स। नेटो राष्ट्रका ८० प्रतिशत भन्दा बढी नागरिक नेटो गठबन्धनको पक्षमा रहेको पाइएको छ। नेटो राष्ट्रका नागरिकहरुमा गरिएको एक सर्वेक्षणबाट यस्तो परिणाम आएको समाचारमा जनाइएको हो।

नेटो राष्ट्रका नागरिकमा सो सर्वेक्षण गरिएको थियो। नेटो संगठनले नै यो सर्वेक्षण गरेको बताइएको छ। उक्त सर्वेक्षणमा करिब १४ प्रतिशत नागरिकले भने नेटो सैन्य संगठनमा आबद्ध आफ्ना देशले सदस्यता त्याग्नुपर्ने अथवा सो गठबन्धनमा सहभागी हुन नहुने जनाएका थिए।

आफ्ना देशहरु सो नेटो संगठनमा रहनु उचित हुन्छ कि हुदैन भनेर सो सर्वेक्षण गरिएकोमा यहाँ आवद्ध ८६ प्रतिशत नागरिकले आफ्नो देश सो संगठनमा रहनुपर्छ भनेर मतदान गरेका थिए। उनीहरुले आफ्ना देशलाई नेटो सैन्य गठबन्धनबाट बाहिरिन नहुने भनेर सुझाव पनि दिएका सो अनुसन्धानमा पाइएको पनि बताइएको छ।

पछिल्ला केही वर्षहरुमा यस सैन्य गठबन्धनका विषयमा प्रश्न पनि उठेको छ। कतिपय देशका नागरिकले आफ्नो देश सो गठबन्धनबाट बाहिरिनुपर्ने भनी प्रश्न उठाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ