arrow

भारतमा २४ करोड ९६ लाखलाई कोरोनाको खोप, मृतक तीन लाख ७० हजार नाघे 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३० आइतबार
corona-india-test2.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्धको एक मात्र विकल्प रहेको खोप भारतले तीव्र रुपमा लगाइरहेको छ । अहिलेसम्म भारतमा २४ करोड ९६ लाख ३०४ जनाले खोप लगाएका छन् । खोप लगाएकामध्ये कुल जनसंख्याको ३.६ प्रतिशतले दुवै डोज लगाए भने १५.१ प्रतिशतले कम्तीमा एक डोज लगाएका छन् । 
 
त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । शनिबार १ लाख ३२ हजार ५७६ जनालाई निको भएको छ । शुक्रबार १ लाख २१ हजार ६६ जनालाई निको भएको थियो । 

बिहीबार १ लाख ३३ हजार ५९८ जनालाई निको भएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । अहिलेसम्म भारतमा २ करोड ८० लाख ३५ हजार ८८६ जना संक्रमित कोरोनामुक्त भएका छन् । 
 
भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् । दुई महिनाभन्दा बढी समयपछि लगातार छैटौं दिन लाख भन्दा कम संक्रमित थपिएका हुन् । शनिबार सबैभन्दा कम ८० हजार ४८७ जना संक्रमित थपिए । शुक्रबार ८४ हजार ६१ जना संक्रमित थपिएका थिए । 

भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ९४ लाख ३९ हजार ३८ जना संक्रमित पुगेका छन् ।

सक्रिय संक्रमित घटेर १० लाखमा झरेका छन् । हाल १० लाख २१ हजार २२० जना सक्रिय संक्रमित रहेका छन् । 

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने घटेको छैन । शनिबार ३ हजार ३०० जनाको ज्यान गएको छ । शुक्रबार ३ हजार ९८७ जनाको ज्यान गएको थियो । बिहीबार ३ हजार ४०१ जनाको ज्यान गएको थियो । जुन ९ तारिख एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ६ हजार १३८ जनाको ज्यान गएको थियो । 

बिहार सरकारले मृतक लुकाएको आरोप लागेपछि भएको छानबिनमा एकैपटक त्यतिधेरै संख्यामा मृतक थपिएको हो । यो तथ्यांक कुनै पनि देशको एकैदिनको सबैभन्दा बढी हो । गत १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो । 

योसँगै भारतमा अहिलेसम्म ३ लाख ७० हजार ४०७ जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ