- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्धको एक मात्र विकल्प रहेको खोप भारतले तीव्र रुपमा लगाइरहेको छ । अहिलेसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ जनाले खोप लगाएका छन् । खोप लगाएकामध्ये कुल जनसंख्याको ३.६ प्रतिशतले दुवै डोज लगाए भने १५.४ प्रतिशतले कम्तीमा एक डोज लगाएका छन् ।
त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । आइतबार १ लाख १९ हजार ४६९ जनालाई निको भएको छ । शनिबार १ लाख ३२ हजार ५७६ जनालाई निको भएको थियो ।
१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । अहिलेसम्म भारतमा २ करोड ८१ लाख ५५ हजार ४४३ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् । दुई महिनाभन्दा बढी समयपछि लगातार एक साता लाख भन्दा कम संक्रमित थपिएका हुन् । आइतबार सबैभन्दा कम ७० हजार ९८४ जना संक्रमित थपिए । शनिबार ८० हजार ४८७ जना संक्रमित थपिए । शुक्रबार ८४ हजार ६१ जना संक्रमित थपिएका थिए ।
भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ९५ लाख १० हजार ६० जना संक्रमित पुगेका छन् ।
सक्रिय संक्रमित घटेर ९ लाखमा झरेका छन् । हाल ९ लाख ६८ हजार ६९१ जना सक्रिय संक्रमित रहेका छन् ।
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने घटेको छैन । आइतबार ३ जार ९२२ जनाको ज्यान गएको छ । शनिबार ३ हजार ३०० जनाको ज्यान गएको थियो ।
जुन ९ तारिख एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ६ हजार १३८ जनाको ज्यान गएको थियो । बिहार सरकारले मृतक लुकाएको आरोप लागेपछि भएको छानबिनमा एकैपटक त्यतिधेरै संख्यामा मृतक थपिएको हो ।
यो तथ्यांक कुनै पनि देशको एकैदिनको सबैभन्दा बढी हो । गत १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो ।
योसँगै भारतमा अहिलेसम्म ३ लाख ७४ हजार ३२९ जनाको ज्यान गइसकेको छ ।