arrow

अफगानिस्तानमा तालिबानको उदयले अमेरिका भन्दा धेरै क्षेत्रीय मुलुकहरूमाथि खतरा

logo
एजेन्सी
प्रकाशित २०७८ जेठ ३१ सोमबार
usa-afghanistan-military.jpg
फाइल तस्बिर

वासिंगटन। अफगानिस्तानमा तालिबान शक्तिमा आए छिमेकी मुलुकहरू र रुसमाथि खतरा निम्तिने विश्लेषण गरिएको छ। अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गरेपछि विद्रोही लडाकु समूह तालिबान सरकारमा आउन सक्ने र यसको प्रभाव छिमेकी मुलुकहरू र रुसलाई पर्ने विश्लेषण भएका छन्। यस्तो अवस्थामा रुस तथा अफगानिस्तान छिमेकी मुलुकहरूले तालिबान सरकारको प्रतिरोध गर्न नसके ठुलो समस्या सामना गर्नुपर्ने विश्लेषण गरिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सेना यही सेप्टेम्बर ११ सम्म फिर्ता गर्ने बताएका छन्। त्यसपछि, अफगान सरकार विरुद्ध तालिबान समूह सक्रिय हुने र सङ्घर्ष हुने देखिएको छ।

तालिबानले आतङ्कवादी सङ्गठन अल कायदासँग सम्बन्ध तोड्ने प्रतिबद्धता लागू गरेर सक्तीमा आए पनि अमेरिका र पश्चिमा सक्तीहरूलाई खासै असर नपर्ने विज्ञहरू बताउँछन्। पहिले, अल कायदासँग सम्बन्ध तोड्न अस्वीकार गरेपछि अमेरिकी सैन्य गठबन्धनले आफ्नो नेतृत्वलाई सत्ता च्युत गरेकोबारे तालिबानलाई अवगत नै छ।

तालिबानले यस्तो भुल दोहोर्‍याउने देखिँदैन। तर, तालिबानले अलकायदासँग सम्बन्ध कायमै राखे अमेरिकाको लागि मात्रै नभएर इरान, पाकिस्तान, रुस, चीनका लागि समेत खतरा उत्पन्न हुने देखिन्छ। यस्तो अवस्थामा तालिबानको प्रभाव र खतरा विरुद्ध यी मुलुकहरूले अमेरिकासँग सहकार्य गर्नुको विकल्प नरहेको विश्लेषणलाई द नेसनल इन्ट्रेस्टले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ