arrow

भारतमा लामो समयपछि निकै कम कोरोना संक्रमित थपिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १ मंगलबार
corona-india-bed.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्धको एक मात्र विकल्प रहेको खोप भारतले तीव्र रुपमा लगाइरहेको छ । अहिलेसम्म भारतमा २५ करोड ४६ लाख ७१ हजार २५९ जनाले खोप लगाएका छन् । खोप लगाएकामध्ये कुल जनसंख्याको ३.६ प्रतिशतले दुवै डोज लगाए भने १५.५ प्रतिशतले कम्तीमा एक डोज लगाएका छन् । 
 
त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । सोमबार १ लाख १७ हजार २३२ जनालाई निको भएको छ । आइतबार १ लाख १९ हजार ४६९ जनालाई निको भएको छ । शनिबार १ लाख ३२ हजार ५७६ जनालाई निको भएको थियो । 

१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । अहिलेसम्म भारतमा २ करोड ८२लाख ७२ हजार ७८० जना संक्रमित कोरोनामुक्त भएका छन् । 
 
भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् । अढाई महिनापछि सबैभन्दा कम सोमबार ५९ हजार ९५८ जनामात्र संक्रमित थपिएका छन् । 

आइतबार सबैभन्दा कम ७० हजार ९८४ जना संक्रमित थपिए । शनिबार ८० हजार ४८७ जना संक्रमित थपिए । शुक्रबार ८४ हजार ६१ जना संक्रमित थपिएका थिए । 

भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ९५ लाख ७० हजार ३५ जना संक्रमित पुगेका छन् ।

सक्रिय संक्रमित घटेर ९ लाखमा झरेका छन् । हाल ९ लाख ८ हजार ५४७ जना सक्रिय संक्रमित रहेका छन् । 

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने घटेको छैन । सोमबार २ हजार ७३२ जनाको मृत्यु भएको छ । आइतबार ३ जार ९२२ जनाको ज्यान गएको थियो । शनिबार ३ हजार ३०० जनाको ज्यान गएको थियो । 

जुन ९ तारिख एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ६ हजार १३८ जनाको ज्यान गएको थियो । बिहार सरकारले मृतक लुकाएको आरोप लागेपछि भएको छानबिनमा एकैपटक त्यतिधेरै संख्यामा मृतक थपिएको हो । 

यो तथ्यांक कुनै पनि देशको एकैदिनको सबैभन्दा बढी हो । गत १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो । 

योसँगै भारतमा अहिलेसम्म ३ लाख ७७ हजार ६१ जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ